कांग्रेस सभापति थापाद्वारा धादिङ दुर्घटनाप्रति दुःख व्यक्त

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले धादिङ दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।
सभापति थापाले आज शोक विज्ञप्ति जारी गरी पोखराबाट काठमाडौँ आउँदै गरेको ग १ ख १४२१ नम्बरको यात्रुवाहक बस आज बिहान करिब १ः३० बजे धादिङको बेनिघाट रोराङ गाउँपालिका–५ भैँसीगौडा भन्ने ठाउँबाट त्रिशूली नदीमा खस्दा १७ जनाको मृत्यु र २७ जना घाइते भएको दुर्घटनाप्रति दुःख व्यक्त गरेका हुन् ।
सभापति थापाले मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चिर शान्तिको कामना साथै शोक सन्तप्त परिवारजनप्रति पार्टी र आफ्नो तर्फबाट गहिरो समवेदना प्रकट गरेका छन् । उनले घाइतेको उपचारको उचित प्रबन्ध मिलाउन सरकारसँग आग्रह गरेका छन् ।
कांग्रेसले पछिल्लो समय यस्ता सडक दुघर्टना बढ्दै गइरहेकाले तत्काल एक कार्यदल गठन गरी घटनाको गहिरो अध्ययन गरेर यस्ता घटनालाई न्यूनीकरण गर्न गराउन सरकारको ध्यानाकर्षण गरेका छन् ।
















आज विदेशी मुद्राको विनिमयदर : डलरको भाउ बढ्यो
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
फरार प्रतिवादी २६ वर्षपछि पक्राउ
निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
प्रतिक्रिया