अमेरिकी ‘सीमित आक्रमण’ पनि पूर्ण आक्रमणकाे रुपमा लिनेछाैँ : इरान

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि ‘सीमित आक्रमण’ गर्ने विकल्प विचाराधीन रहेको सङ्केत दिएपछि तेहरानले कुनै पनि प्रकारको अमेरिकी सैन्य कारबाहीलाई प्रत्यक्ष आक्रामकता मानिने चेतावनी दिएको छ ।
इरानले यस्तो कदमको कठोर प्रतिकार गरिने स्पष्ट पारेको छ । विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाकाईले तेहरानमा आयोजित पत्रकार सम्मेलनमा सीमित आक्रमण भन्ने अवधारणा नै अस्वीकार्य रहेको बताए ।
“सीमित आक्रमण भन्ने कुरा हुँदैन”, उनले भने, “आक्रामकताको कार्य भनेको आक्रामकताको कार्य नै हो । कुनै पनि राज्यले आफ्नो आत्मरक्षाको अन्तर्निहित अधिकार प्रयोग गरेर त्यसको कडा प्रतिक्रिया दिन्छ, र हामी पनि त्यही गर्नेछौँ ।”
शुक्रबार ट्रम्पले तेहरानसँग सहमति हुन नसके ‘सीमित आक्रमण’ गर्न सकिने सम्भावना विचार गरिरहेको बताएका थिए । पत्रकारहरूको प्रश्नको जवाफमा उनले ‘मैले त्यसबारे विचार गरिरहेको छु’ भनेका थिए ।
उक्त अभिव्यक्तिपछि क्षेत्रीय तनाव थप चर्किएको छ । यसैबीच, ओमानको मध्यस्थतामा इरान र संयुक्त राज्य अमेरिका बीच स्विट्जरल्यान्डमा दोस्रो चरणको अप्रत्यक्ष वार्ता सम्पन्न भएको छ ।
दुवै देशले वार्ता जारी रहेको जनाएका छन्, यद्यपि अमेरिकी पक्षले आगामी चरणको मितिबारे औपचारिक पुष्टि गरेको छैन ।
इरान र ओमानका अनुसार थप वार्ता बिहीबारका लागि तय गरिएको छ । वार्तामा इरानका तर्फबाट विदेशमन्त्री अब्बास अराघचीले नेतृत्व गरिरहेका छन् भने अमेरिकी प्रतिनिधिमण्डलको नेतृत्व राजदूत स्टिभ विटकफले गरेका छन् ।
वार्तामा ट्रम्पका ज्वाइँ जारेड कुशनर पनि संलग्न छन् । अमेरिकाले क्षेत्रमा सैन्य उपस्थिति बढाइरहेका बेला इरानले किन ‘आत्मसमर्पण’ नगरेको भन्ने ट्रम्पको जिज्ञासाबारे विटकफले आइतबार फक्स न्युजसँगको अन्तर्वार्तामा टिप्पणी गरेका थिए ।
त्यसको जवाफ दिँदै प्रवक्ता बाकाईले ‘इरानीहरूले आफ्नो इतिहासमा कहिल्यै आत्मसमर्पण गरेका छैनन्’ भने ।
















सञ्चार क्षेत्रको बजेट कार्यान्वयन गर्न प्रदेश सरकारको ध्यानाकर्षण
फैसला कार्यान्वयनका लागि ५८० जना पक्राउ
गृहमन्त्रीकाे राजीनामाबारे प्रचण्ड – जे गर्नुभयो, राम्रो गर्नुभयो
Home Minister Gurung announces his resignation
ट्रम्पले भने – इरानसँग वार्ताका लागि अमेरिकी प्रतिनिधिमण्डल सोमबार पाकिस्तान जाँदैछ
कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सोमबार
इरानले मशाद विमानस्थलबाट पुनः अन्तर्राष्ट्रिय उडान सुरु गर्ने
भारतमा पटाका उद्योगमा आगलागी, २० जनाको मृत्यु
इटालीलाई नेपालले दियाे ११३ रनकाे लक्ष्य
प्रतिक्रिया