चुनावकाे मुखमा सिंहदरबार जलाउने आरोपीलाई सरकारी वकिलको उन्मुक्ति

काठमाडौँ । सिंहदरबार जलाएको आरोपमा पक्राउ परेका एक जना आरोपीलाई सरकारी वकिलले मुद्दाबाट उन्मुक्ति दिएको छ ।
चितवनको खैरहनी नगरपालिका–९ घर भएर अनामनगर बस्दै आएका महेन्द्र गौतमलाई जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँका प्रमुख रामहरी काफ्लेले मुद्दा नचलाउने निर्णय गरेका हुन् ।
उनले सिंहदरबार जलाएको भनेर सामाजिक सञ्जालमा भिडिओ अपलोड गरेका थिए । उनलाई प्रहरीले ५ महिनापछि पक्राउ गरेको थियो । जिल्ला अदालत काठमाडौंले म्याद दिएर थुनामा राखेर अनुसन्धान पनि भएको थियो ।
उनले सिंहदरबरमा आगजनी गरेर फर्किएको भन्दै सगर्व बोलेका थिए । चितवनका गौतमको उक्त भिडियोकै आधारमा प्रहरीले पक्राउ गरेर अनुसन्धान अघि वढाएको थियो । प्रहरी परिसर काठमाडौंले उनलाई पक्राउ गरेको थियो ।
गौतमझैँ आगजनी, तोडफोड र लुटपाटमा संलग्न अन्य आधा दर्जनलाई उन्मुक्ति दिन लागिएको स्रोतको दावी छ ।
प्रहरीले अनुसन्धान प्रतिवेदन पेस गरेपछि फागुन ८ मा सरकारी वकिलले उनको मुद्दा अदालत नलैजाने निर्णय गरेको थियो । महान्यायाधिवक्ता सविता भण्डारीको निर्देशनमा उनीविरुद्ध मुद्दा नचल्ने निर्णय गरिएको बताइएकाे छ । माघ २२ मा प्रहरीले पक्राउ गरेर उनीविरुद्ध आपराधिक उपद्रव सम्बन्धी कसुरमा अनुसन्धान गरेको थियो ।
महान्यायाधिवक्ता भण्डारीले यसअघि आफ्नो स्वार्थ बाझिने ‘होप फर्टिलिटी सेन्टर’ पनि पनि डिम्ब तस्करीमा उन्मुक्ति दिएकी थिइन् ।
भण्डारीले केही समयअघि सहरकारी ठगीमा संलग्न आरोपी रवि लामिछाने, छविलाल जोशी र जीवी राई सहित ५० जनाभन्दा धेरैको सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधको अभियोगपत्र फिर्ता लिने निर्णय गरेकी थिइन् । गत भदाैमा भएकाे जेनजी आन्दाेलनमा देशकाे प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार जलाइएकाे थियाे।


















विश्वकप लिग–२ सिरिजका लागि नेपाली १५ सदस्यीय टोली घोषणा, अर्जुनले पनि पाए मौका
इजरायल र लेबनानबिच युद्धविराम गर्ने सहमति, इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
सन् २०२५ मा नौ सय रोहिंग्या शरणार्थीको मृत्यु
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
लेबनानमा भएको सहायताकर्मीको हत्याको विश्व व्यापी निन्दा, युद्ध अन्त्य गर्न आह्वान
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
आजदेखि देशभर आर्थिक गणना हुँदै
व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै
प्रतिक्रिया