कराते टोली रुस जाने
मेरोन्यूज
२०८२ फागुन १२ गते १७:२५

काठमाडौँ। नेसन्स कप क्योकुसिन कराते प्रतियोगितामा सहभागी हुन पाँच खेलाडीसहित ६ सदस्यीय नेपाली टोली बुधबार रुसको मस्को जाने भएको छ ।
फेब्रुअरी २७ देखि मार्च २ तारिखसम्म हुने प्रतियोगितमा चार पुरुष र एक महिला खेलाडीले नेपालबाट सहभागिता जनाउने छन् । पुरुष ७० किलोमा सनीसिंह सुनार, ७५ किलोमा सागर विष्ट, ८० किलोमा मुकेशकुमार चन्द र ३० किलोमा ब्रिनिश महर्जनले खेल्नेछन् ।
महिला ५५ किलोमा बबिता कार्कीले प्रतिस्पर्धा गर्नेछिन् । प्रशिक्षकमा नेपाल बुदोकैदो फुल कन्ट्याक्ट सङ्घका ब्रान्च चिफसमेत रहेका अध्यक्ष वीरकृष्ण महर्जन छन् ।
टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रामचरित्र मेहताले आज यहाँ आयोजित एक कार्यक्रममा सफलताको शुभकामना दिँदै बिदाइ गरे ।
सम्बन्धित
















प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
फरार प्रतिवादी २६ वर्षपछि पक्राउ
निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह
जोखिम नक्साङ्कनका लागि तथ्याङ्क अद्यावधिक गरिएको सेनाको स्पष्टोक्ति
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
प्रतिक्रिया