सुरक्षा खतराको कारण घर छाडेका अष्ट्रेलियाका प्रधानमन्त्री निवासमा फिर्ता

मङ्गलबार राति सुरक्षा खतराको कारण निवास बाहिर निकालिएका अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीज तीन घण्टापछि क्यानबेरास्थित निवास ‘द लज’ मा फर्किएका छन् ।
अष्ट्रेलियाली सङ्घीय प्रहरी (एएफपी) ले साँझ ६ बजे ‘कथित सुरक्षा घटना’ को सम्बन्धमा जवाफ दिएको पुष्टि गरेको छ ।
खानतलासी पूरा भएपछि प्रधानमन्त्री निवासमा फर्किएका छन्। “प्रधानमन्त्रीको निवासमा ‘कथित सुरक्षा’ चेतावनीपछि सुरक्षा सुनिश्चितताका लागि गहन खोजी गरिएको थियो तर त्यहाँ कुनै पनि शङ्कास्पद कुरा फेला परेन,” सङ्घीय प्रहरीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
विज्ञप्तिमा भनिएको छ, “समुदाय वा सार्वजनिक सुरक्षामा कुनै खतरा छैन।” अष्ट्रेलियामा हालैका महिनाहरूमा प्रधानमन्त्री र अन्य सङ्घीय राजनीतिज्ञहरूको सुरक्षाका लागि खतरा बढेको छ ।
गत अक्टोबरमा एएफपी आयुक्त क्रिसी ब्यारेटले राजनीतिज्ञहरूलाई निशाना बनाउने लगायतका खतराहरूको सामना गर्न र त्यस्ता अवाञ्छित घटनाहरूलाई मध्यनजर गर्दै नयाँ राष्ट्रिय सुरक्षा अनुसन्धान टोली गठन गरिएको घोषणा गरे ।
उनले यस महिनाको सुरुमा सिनेटको एक कार्यक्रम उद्घाटन वक्तव्यमा घृणा र हिंसा देशका राजनीतिज्ञहरू, अन्य पदाधिकारीहरू र अष्ट्रेलियाको यहूदी समुदायका सदस्यहरूप्रति निर्देशित भएको बताए ।
टोलीहरू स्थापना भएदेखि अष्ट्रेलियामा २१ व्यक्तिहरूलाई अभियोग लगाइएको छ।
















इरान वार्ता अघि नबढे इरानमा पुनः ‘बमबारी’ हुनसक्ने राष्ट्रपति ट्रम्पको भनाइ
नेपालले यूएईलाई आठ विकेटले हरायो
रातो मछिन्द्रनाथको जात्रा सुरु (तस्वीरहरू)
ओमानसँग खेल्ने नेपाल ‘ए’ टोलीको घोषणा
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
याडियाको नयाँ वर्ष अफर : शून्य प्रतिशत ब्याजदरमा इएमआईसँगै आकर्षक उपहार
प्रतिक्रिया