टी–२० विश्वकप : भारतले जिम्बाब्वेलाई दियो २५७ रनको विशाल लक्ष्य

काठमाडौं – आईसीसी टी–२० विश्वकपको सुपर–८ अन्तर्गतको खेलमा भारतले जिम्बाब्वेलाई २५७ रनको विशाल लक्ष्य दिएको छ । टस हारेर ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा चार विकेट गुमाएर २५६ रन बनायो ।
भारतका लागि अविशेष शर्मा र हार्दियक पाण्ड्याले अर्धशतकिय इनिङ्स खेले । अविशेषले ३० बलमा ४ चौका र ४ छक्कासहित ५५ रन बनाउँदा पाण्ड्याले २३ बलमा नटआउट ५० रन बनाए । यस्तै तिलक बर्माले १६ बलको सामना गर्दा ३ चौका र ४ छक्को मदतमा ४४ रन बनाए । इसान किनसले ३८, कप्तान सुर्यकुमार यादवले ३३, सञ्जु सैमसनले २४ रन बनाए ।
जिम्बाब्वेका लागि सिकन्दर रजा, रिचर्ड नागरावा, ब्लेसिंग मुजारबानी र टिनोटेन्डा मापोसाले एकएक विकेट लिए ।
सुपर–८ अन्तर्गत समूह ‘एक’का भारत र जिम्बावे अंकबिहीन छन् । आजको खेल गुमाउने टिम विश्वकपबाट बाहिरिने छ । त्यसैले आयोजक भारतमाथि आजको खेल जित्नैपर्ने दबाब छ। समूह चरणमा उत्कृष्ट प्रदर्शन गरेको जिम्बाबेका लागि समेत आजको खेल जितेर सेमिफाइनल यात्रा सहज बनाउनुपर्ने दबाब छ।
२० राष्ट्र सहभागी प्रतियोगिताबाट आयोजक भारत र श्रीलंकासहित जिम्बावे, वेस्ट इन्डिज, दक्षिण अफ्रिका, पाकिस्तान, इंग्ल्यान्ड र न्युजिल्यान्ड सुपर८ मा पुगेका हुन्। सुपर–८ मा पुगेका टोलीमध्ये समूह एकमा भारत, दक्षिण अफ्रिका, वेस्ट इन्डिज र जिम्बावे तथा समूह ‘दुई’मा इंग्ल्याण्ड, न्युजिल्याण्ड, पाकिस्तान र श्रीलंका रहेका छन्।


















इरानमा पक्राउ परेका अमृत झा रिहा
कालीगण्डकीमा बेपत्ता युवा मृत फेला
पूर्वमन्त्री दीपक खड्काको मुद्दामा अनुसन्धान फाइल झिकाउने आदेश
२०६२ सालपछिका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन
महसुल नतिर्ने ग्राहकको धाराको लाइन काटिँदै
इरान वार्तामा फर्कने वा नफर्कने विषयमा मलाई कुनै मतलव छैन – ट्रम्प
वार्ता असफल भएसँगै विश्वबजारमा अत्याधिक बढ्न थाल्यो तेलको मुल्य
इरानको समुद्री क्षेत्रमा नाकाबन्दी लागू भएको घोषणा गर्दै ट्रम्पले दिए कडा चेतावनी
चिनियाँ राजदूतसँग गृहमन्त्री सुदनले भने-‘सरकार एक चीन नितीप्रति प्रतिवद्ध छ’
सम्पत्तिबारे गृहमन्त्रीकाे जवाफ : गरिब जन्मिनु गल्ती होइन, गरिब नै भएर मर्नुचाहिँ गल्ती
प्रतिक्रिया