आईसीसी टी–२० विश्वकप : आज सेमिफाइनल पुगिसकेको इंग्ल्यान्ड र संघर्षमा रहेको न्युजिल्यान्ड भिड्दै

काठमाडौं। आईसीसी टी–२० विश्वकपको सुपर–८ अन्तर्गत आज समूह ‘दुई’का इंग्ल्यान्ड र न्युजिल्यान्ड प्रतिस्पर्धा गर्दैछन् । यो खेल साँझ ७ बजेर १५ मिनेट जाँदा श्रीलंकाको कोलम्बोमा सुरु हुँदैछ।
सुपर–८ अन्तर्गत समूह ‘दुई’बाट एक खेल अगाडि नै इंग्ल्यान्ड सेमिफाइनल प्रवेश गरिसकेको छ । आजको खेलमा न्युजिल्यान्ड विजयी भए शीर्ष स्थानमा रहँदै यी दुई टिम यो समूहबाट सेमिफाइनल प्रवेश गर्नेछन् । आजको खेलमा न्युजिल्यान्ड पराजित भए अर्को खेलको नतिजा कुर्नुपर्ने हुन्छ ।
सेमिफाइनल प्रवेशका लागि आजको खेल न्युजिल्यान्डका लागि महत्त्वपूर्ण छ । यो समूहमा इंग्ल्यान्डले दुई खेलमा निरन्तर जित निकाल्दै चार अंक जोड्दा न्युजिल्यान्डले भने एक खेलमा अंक बाँडेर अर्को जित निकाल्दै तीन अंक बनाएको छ । अंक तालिकामा इंग्ल्यान्ड शीर्ष स्थानमा छ भने न्युजिल्यान्ड दोस्रो स्थानमा छ ।
२० राष्ट्र सहभागी प्रतियोगिताबाट आयोजक भारत र श्रीलंकासहित जिम्बावे, वेस्ट इन्डिज, दक्षिण अफ्रिका, पाकिस्तान, इंग्ल्यान्ड र न्युजिल्यान्ड सुपर–८ मा पुगेका हुन्।सुपर–८ मा पुगेका टोलीमध्ये समूह एकमा भारत, दक्षिण अफ्रिका, वेस्ट इन्डिज र जिम्बावे तथा समूह ‘दुई’मा इंग्ल्याण्ड, न्युजिल्याण्ड, पाकिस्तान र श्रीलंका रहेका छन्।
















कूटनीतिक राहदानी दुरुपयोग रोक्न कडाइ गर्ने दलहरूको सहमति
यस पटकको निर्वाचनप्रति कसैको ‘सिकायत’ रहेन : कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी
होर्मुजमा गोलीकाण्डपछि वार्ता सङ्कटमा
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
अमेरिकाले जफत गरेको जहाज रिहाइका लागि दबाब दिन राष्ट्रसङ्घलाई इरानको आग्रह
ट्रम्पले भने – इरानसँग वार्ताका लागि अमेरिकी प्रतिनिधिमण्डल सोमबार पाकिस्तान जाँदैछ
रास्वपाले वैशाख १५ देखि जिल्ला अधिवेशन गर्ने
कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सोमबार
इरानले मशाद विमानस्थलबाट पुनः अन्तर्राष्ट्रिय उडान सुरु गर्ने
अमेरिका–इरान वार्ताका लागि इस्लामावादमा सुरक्षा व्यवस्था कडा
प्रतिक्रिया