आज शुक्रबार कतिमा किनबेच हुँदैछ सुन ?

काठमाडौँ। आज स्थानीय बजारमा सुनको मूल्यमा केही कमी आएको छ भने चाँदीको मोलमा सामान्य बढोत्तरी भएको छ । बिहीबारको तुलनामा सुनको मूल्य रु ५०० ले घटेको छ भने चाँदीको मोल रु १५ ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य रु तीन लाख १४ हजार ९०० र एक तोलाको चाँदीको मोल रु पाँच हजार ७४० कायम भएको छ ।
बिहीबार प्रतितोला सुन रु तीन लाख १५ हजार ४०० र एक तोला चाँदीको मोल रु पाँच हजार ७२५ निर्धारण भएको थियो । गत बुधबार एक तोला छापावाल सुनको मूल्य तीन लाख १४ हजार ९०० र एक तोला चाँदीको मोल रु पाँच हजार ५८५ निर्धारण भएको छ ।
गत सोमबार एक तोला छापावाल सुन रु तीन लाख १३ हजार ५०० र एक तोला चाँदी रु पाँच हजार ५९५ मा खरिदबिक्री भएको थियो । अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन पाँच हजार १८७ अमेरिकी डलर तथा त्यति नै परिमाणको चाँदी ९० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
















पाकिस्तान–अफगानिस्तानबीच ‘खुला युद्ध’ घोषणा
निर्वाचन स्वच्छ र भयरहित बनाउन गृहमन्त्रीको निर्देशन
मतदानमा २ लाख २१ हजार कर्मचारी खटाइने
मधेस प्रदेशमा ४८१ थान इजाजत प्राप्त हतियार बुझाइयो
मौद्रिक नीति अर्धवार्षिक समीक्षाः क्षेत्रगत कर्जा विस्तार र पूर्वाधार लगानीमा सहजीकरण
साम्बाले भनिन् – उपचारखर्च जुटिसक्यो, सहयोग रोक्नुस्
सुरक्षा खतराको कारण घर छाडेका अष्ट्रेलियाका प्रधानमन्त्री निवासमा फिर्ता
क्रिकेटर करण केसीले गरे बिहे
इटहरीवासीलाई बालेनले साेधे – तरकारी कहाँको खानुभयो ? बोर्डर पारीको ?’
प्रतिक्रिया