नेपाली कम्युनिष्ट पार्टीप्रति जनताको विश्वास बढ्दै गएको छ : संयोजक दाहाल

काठमाडौँ। नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टीप्रति जनताको विश्वास र भरोसा बढ्दै गएको बताएका छन् ।
नेकपा नुवाकोट–काठमाडौँ सम्पर्क समन्वय समितिद्वारा आज यहाँ आयोजित कार्यक्रममा उनले पछिल्लो समय नेकपा आक्रामक रूपमा अगाडि बढिरहेकाले यस पार्टीप्रति जनताको विश्वास र भरोसा बढ्दै गएको बताएका हुन् । “पुरानो दुई दल कांग्रेस र एमाले रक्षात्मक अवस्थामा पुग्दा नेकपाप्रति जनताको विश्वास बढ्दै गएको छ”, उनले भने।
पूर्वप्रधानमन्त्री दाहालले नेकपाले अघि सारेका नीति, योजना र कार्यक्रमले मात्र मुलुकको स्वाधिनताको रक्षा र जनहितको पक्षमा काम गर्नसक्ने बताए । उनले अबको पाँच दिन जनताको घरघरमा पुगेर सम्झाउन सके नेकपा मुलुककै पहिलो राजनीतिक दल बन्ने दाबी गरे ।
“नेपाली कम्युनिष्ट पार्टीमात्रै त्यस्तो पार्टी बनेको छ, जुन महाअभियानका रूपमा निर्वाचनमा अगाडि बढेको छ र उभारका रूपमा देखापरेको छ, अन्य पुराना पार्टीहरू रक्षात्मक छन् । हामीमात्रै आक्रामक ढङ्गले अगाडि बढेका छौँ”, पूर्वप्रधानमन्त्री दाहालले भने ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को तर्फबाट नुवाकोट क्षेत्र नं १ मा पूर्वमन्त्री हितबहादुर तामाङ र क्षेत्र नं २ मा हिरानाथ खतिवडा उम्मेदवार छन् ।


















मौसम पूर्वानुमान : तराई क्षेत्रमा तातो लहरको सम्भावना
आज वैशाख ८ गते मंगलबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
त्रिभुवन विमानस्थल राति सात घण्टा बन्द हुने
आज कुन विदेशी मुद्राको विनिमयदर कती ?
यूएईसँगको खेलमा नेपाल पराजित
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
इरानले फेरी बन्द गर्यो स्ट्रेट अफ होर्मुज
सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
पूर्णबहादुर खड्काले बोलाए निवर्तमान पदाधिकारी र केन्द्रीय सदस्यसहितको बैठक
प्रतिक्रिया