इरानद्वारा इजरायलमाथि जवाफी क्षेप्यास्त्र हमला सुरु

इरानले शनिबार इजरायली क्षेत्रमा क्षेप्यास्त्र प्रहार गरेको छ । उक्त आक्रमणले मध्यपूर्वमा बढ्दो तनावलाई नयाँ उच्चस्तरमा पुर्याएको छ ।
इजरायली रक्षा बल (आइडिएफ) ले प्रहार पुष्टि गर्दै आफ्नो मिसाइल रक्षा प्रणाली सक्रिय गरेको र प्रभावित क्षेत्रका नागरिकहरूलाई तत्काल आश्रय लिन मोबाइल अलर्टमार्फत निर्देशित गरिएको बताएको छ ।
आइडिएफले भनेको छ, “केही समयअघि हामीले इरानबाट प्रहार भएका क्षेप्यास्त्रहरू पहिचान गरेका थियौँ । जोखिम रोक्न रक्षात्मक प्रणाली सञ्चालनमा छन् ।”
यो घटना क्षेत्रमा बढ्दो सैन्य तनाव र इरान र अन्य देशबीच हप्तौँसम्म चलिरहेको उच्च–जोखिम आणविक वार्ताको बीचमा भएको हो ।
प्रत्यक्ष आक्रमणको पूर्ण दायरा अझै मूल्याङ्कन भइरहेको भए पनि यसले दुई देशबीच व्यापक द्वन्द्वमा महत्त्वपूर्ण प्रतिशोधात्मक कदमको सङ्केत गरेको विश्लेषकहरूले बताएका छन् ।
भारत सरकारले आफ्नो नागरिकलाई अत्यधिक सावधानी अपनाउन, घरभित्रै रहन र अनावश्यक गतिविधिबाट बच्न चेतावनी दिएको छ ।
तेहरानस्थित भारतीय दूतावासले पहिले नै सुरक्षा सल्लाह जारी गर्दै आवश्यक अवस्थामा ओमान वा अन्य सुरक्षित देशतर्फ यात्रा गर्न सुझाएको छ ।
यसैबीच, इजरायलले देशव्यापी आपतकाल घोषणा गरी अस्पतालहरू भूमिगत सार्न र साइरन सक्रिय गर्न आदेश दिएको छ । इरान, इजरायल र इराकले आफ्ना हवाई क्षेत्र बन्द गरेका छन् भने सबै व्यावसायिक उडान स्थगित भएका छन् ।
इरानका अधिकारीहरूले अघिल्लो दिन इजरायल र अमेरिकाद्वारा सुरु गरिएको संयुक्त सैन्य आक्रमणको जवाफमा ‘क्रूर प्रतिक्रिया’ दिने चेतावनी दिएका थिए ।
इजरायलले रोइङ लायन नामक संयुक्त अपरेसनमार्फत इरानको सेना, मिसाइल उत्पादन सुविधा र सर्वोच्च नेता आयातुल्लाह अली खामेनीको कार्यालय नजिकका क्षेत्रहरूलाई लक्षित गरेको थियो ।
प्रत्यक्षदर्शीहरूले तेहरानमा शक्तिशाली विस्फोट सुनेको बताएका छन, र राजधानीका धेरै साइटहरूमा तनाव बढेको छ ।
वर्तमान परिस्थितिले व्यापक क्षेत्रीय द्वन्द्वको डर बढाएको छ र अन्तर्राष्ट्रिय समुदायले नजिकबाट निगरानी राखिरहेको छ ।

















इरानमाथिको आक्रमण तुरुन्त रोक्न रूसकाे माग
कैलाली-२ मा प्रलोपा उम्मेदवारले गरे एमालेका सूर्य थापालाई समर्थन
इरानद्वारा खाडी मुलुकका एयर बेसमा आक्रमण
गोरखामा बाबुराम आबद्ध प्रलोपाले कांग्रेसलाई सघाउने
इरानद्वारा इजरायलमाथि जवाफी क्षेप्यास्त्र हमला सुरु
अन्तर्राष्ट्रिय शिक्षण–सिकाइ कार्यशाला आयोजना गर्दै न्यू समिट माध्यमिक विद्यालय
सिंहदरबार पुनर्निर्माण गर्न सकिन्छ तर रित्तिएको आमाको कोख कहिल्यै भरिँदैन : रवि लामिछाने
निर्वाचनका दिन गाडी चलाउन अनुमति लिनुपर्ने
फागुन २० गते राति १२ बजेदेखि मतदान नसकिएसम्म सवारीसाधन चलाउन नपाइने
‘मानवीय सहयोगका निम्ति युएई सदा तत्पर छ’
प्रतिक्रिया