मतदातालाई ओलीको भिडिओ सन्देश- तपाईंले एउटा बाटो रोज्नुपर्ने बेला आएको छ

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले भिडियो सन्देश जारी गरेका छन् । उनले आफू नेतृत्वको निर्वाचित सरकारलाई अपदस्त गराई देशमा विध्वंश मच्चाईएको टिप्पणी गरेका छन् ।
ओलीले प्रतिनिधिसभा विघटन गरेर अहिले त्यही प्रतिनिधिसभाको निर्वाचन हुन लागेको भन्दै देश बचाउनको लागि ठण्डा दिमागले सोच्न आग्रह गरेका छन् ।
अब जनताले एउटा बाटो रोज्नुपर्ने उनले बताए। ‘आज तपाईंले एउटा बाटो रोज्नुपर्नेछ, बनाउने बाटो कि भत्काउने ? निर्माणको कि ध्वंशको बाटो ?’ उनले भने, ‘मलाई थाहा छ थुप्रै भ्रमहरु फैलाईएका छन् । तपाईंसँग मप्रति गुनासा पनि छन् । प्रश्न पनि छन् । मेरा कमिकमजोरी पनि होलान् । तर, तपाईंहरुलाई यो पनि थाहा छ कि मैले यस देशको अखण्डताको सवालमा, यस देशको स्वाभिमानको सवालमा, यस देशको राष्ट्रियताको सवालमा कसैसँग कहिल्यै सम्झौता गरेको छैन । र, गर्दिनँ ।’
ओलीले अब स्पष्ट कित्ताकाट गर्ने बेला आएको बताएका छन्। ‘…तपाईं राष्ट्र जोगिनुपर्छ भन्ने पक्षमा कि राष्ट्रको भविष्य जे भए होस् भन्ने पक्षमा ? यतिबेला तपाईँले आफू कुन कित्तामा हो भनेर स्पष्ट पार्नुभएन र त्यसको लागि बोल्नुभएन भने इतिहासले होइन, तपाईं आफैँले आफैँलाई कहिल्यै माफ गर्नुहुने छैन ।’
हेर्नुहाेस् भिडियाे :


















इरानमा पक्राउ परेका अमृत झा रिहा
कालीगण्डकीमा बेपत्ता युवा मृत फेला
पूर्वमन्त्री दीपक खड्काको मुद्दामा अनुसन्धान फाइल झिकाउने आदेश
२०६२ सालपछिका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन
महसुल नतिर्ने ग्राहकको धाराको लाइन काटिँदै
वार्ता असफल भएसँगै विश्वबजारमा अत्याधिक बढ्न थाल्यो तेलको मुल्य
इरान वार्तामा फर्कने वा नफर्कने विषयमा मलाई कुनै मतलव छैन – ट्रम्प
इरानको समुद्री क्षेत्रमा नाकाबन्दी लागू भएको घोषणा गर्दै ट्रम्पले दिए कडा चेतावनी
चिनियाँ राजदूतसँग गृहमन्त्री सुदनले भने-‘सरकार एक चीन नितीप्रति प्रतिवद्ध छ’
सम्पत्तिबारे गृहमन्त्रीकाे जवाफ : गरिब जन्मिनु गल्ती होइन, गरिब नै भएर मर्नुचाहिँ गल्ती
प्रतिक्रिया