कोरोना संक्रमण देखिएर होमआइसोलेसनमा भएको छ ? विशेषज्ञ परामर्श चाहिए यो नम्बरमा ११५६ कल गर्नुस्

काठमाडौं । होम आइसोलेसनमा बसेका कोरोना संक्रमितलाई विशेषज्ञबाट स्वास्थ्य परामर्शका दिन नेपाल चिकित्सक संघ, एनएमए र अमेरिका नेपाल मेडिकल फाउन्डेसलन, एएनएमएफले संयुक्त रुपमा कलसेन्टर स्थापना गरेका छन् ।
कोरोना संक्रमण भएर होम आइसोलेसनमा बसेकाहरुलाई आइपर्ने विभिन्न विशेषज्ञ सेवा टेलिफोनमार्फत् परामर्श दिने उद्येश्य कल सेन्टर स्थापना गरिएको हो । नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्कीले कलसेन्टरका लागि आवश्यक टेलिफोन नम्बर ११५६ सहित, कलजडान र कलफवार्ड सेवा नेपाल टेलिकमले निःशुल्क रुपमा उपलब्ध गराईने सुरुमा तीन महिना कल सेन्टर संचालन गर्ने र आवश्यकताका आधारमा समय थपिने जानकारी दिए ।
कल सेन्टर स्थापनका लागि एएनएमएफले सफ्टवेयर, चिकित्सक तथा परामेडिकल जनशक्तिलगायतका लागि आवश्यक झण्डै २० लाख बराबरको सहयोग गरेको एएनएमएफका अध्यक्ष डा.भुपेन्द्रकुमार बस्नेतले जानकारी दिए ।
नेपालमा कोरोना महामारीको दोस्रो लहरसँगै अहिले १ लाख १६ हजारभन्दा बढी संक्रमित होमआइसोलेसनमा छन्।
।

















पूर्वी लेबनानको बालबेकमा इजरायलको आक्रमण, चार जनाको मृत्यु
निर्वाचनको सम्पूर्ण तयारी पूरा : गृह मन्त्रालय
बाख्रामा ‘पिपीआर’ रोगको सङ्क्रमण पुष्टि
निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने ११ जना नियन्त्रणमा, चार मदिरा पसल सिल
अमेरिकी युद्धपाेत अब्राहम लिंकनमा क्षेप्यास्त्र प्रहार गरेको इरानी दाबी
इरानकाे आक्रमणमा तीन अमेरिकी सैनिक मारिए
खामेनीको मृत्युले विश्व तरंगित
मतदातालाई ओलीको भिडिओ सन्देश- तपाईंले एउटा बाटो रोज्नुपर्ने बेला आएको छ
निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
प्रतिक्रिया