आम मतदातालाई निर्वाचनमा सहभागी हुन नेपाली कांग्रेसको अनुरोध

ललितपुर । नेपाली कांग्रेसका उपसभापति एवं केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजक विश्वप्रकाश शर्माले आम मतदातालाई निर्वाचनमा सहभागी हुन अनुरोध गरेका छन् ।
साथै उनले निर्वाचनलाई स्वच्छ र भयरहित बनाउन सबै राजनीतिक दलको सहयोग अपरिहार्य हुने बताए । आज पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले त्यस निम्ति सरकार र निर्वाचन आयोग पनि जिम्मेवार हुनुपर्नेमा जोड दिए ।
“निर्वाचन आयोग र सरकारलाई सहजरूपमा मतदान गर्न पाउने वातावरण बनाउन आग्रह छ, आवेगमा मतदान नगर्न मतदातामा पनि विनम्र अनुरोध छ ।” नवयुवाको परिवर्तनको चाहनालाई मूर्तरुप दिन सबै तहबाट प्राप्त समर्थनले ‘बदलिएको कांग्रेस, बदल्छौँ देश’ नारा सफल भएको उनले बताए।
नेपाली कांग्रेसको प्रतिबद्धताले नागरिक तहमा पलाएको विश्वास र प्राप्त समर्थनले ‘यो देश हामी बनाउन सक्छौँ, हामीले नै बनाउने हो’ भन्ने आधार सिर्जना गरेको बताए । “लोकतन्त्रको अभिन्न अङ्ग सञ्चारमाध्यमले मौनअवधिमा भ्रम र प्रभाव चिर्न सक्रिय भूमिका निर्वाह गरोस् छ, साथै सामाजिक सञ्जालका प्रयोगकर्तालाई द्वेष नफैलाउन आग्रह छ”, उनले भने ।
खाडी मुलुकमा रहेका नेपालीहरूको सुरक्षाप्रति सरकारको ध्यानाकर्षण गराउँदै उनले त्यहाँस्थित नेपाली दूतावासहरू नेपाली जनताको हित र सुरक्षामा क्रियाशील रहन अनुरोध गरेका छन् ।


















लेबनान र इजरायलबिच १० दिने युद्धविराम
आज केही स्थानमा वर्षा र हिमपात, तराईमा गर्मी
बिस्केट जात्राको इतिहासमै पहिलोपटक महिलाले ताने नकिजु अजिमा (भद्रकाली)को रथ
आज मातृ सम्मान दिवस अर्थात् आमाको मुख हेर्ने पर्व मनाइँदै
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
रवि लामिछानेले भने- खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस्
इरानको ‘आणविक’ विषयमा अमेरिका केन्द्रीत हुँदा इजरायलको चिन्ता ‘ब्यालिस्टिक क्षेप्यास्त्र’
राष्ट्रियसभाका अध्यक्ष दाहाल टर्की प्रस्थान
अमेरिकी नाकाबन्दीका बावजुद इरानका जहाजहरू होर्मुज स्ट्रेट पार गर्दै
अमेरिका–इरान वार्तामा गति, पाकिस्तानको नयाँ प्रस्ताव
प्रतिक्रिया