देउवाले बोलाए पदाधिकारीको आकस्मिक बैठक
मेरोन्यूज
२०७८ जेठ ८ गते ८:२७

काठमाडौं। कांग्रेस पदाधिकारी तथा पूर्वपदाधिकारीको आकस्मिक बैठक भएको छ । सभापति शेरबहादुर देउवाले शनिवार बिहान साढे ९ बजे पार्टी पदाधिकारी तथा पूर्वपदाधिकारीको आकस्मिक बैठक आफ्नै निवास बुढानिलकण्ठमा बोलाएका हुन्।
महामन्त्री शशांक कोइरालाका स्वकीय सचिव भरत तिवारीले शनिवार विहान साढे ९ बजे देउवा निवास बूढानीलकण्ठमा बैठक बस्न लागेको जानकारी दिए ।
राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा शुक्रबार राति ( अर्थात गएराति) १ बजे प्रतिनिधिसभा विघटन गरी आगामी कात्तिक २६ र मंसिर ३ गते प्रतिनिधिसभाको निर्वाचन गर्ने गरी मिति तोकेपछि कांग्रेस नेताहरुले चर्को विरोध गरेका छन् ।
सम्बन्धित
प्रतिक्रिया