कैलाली–४ मा मतगणना सुरु
मेरोन्यूज
२०८२ फागुन २२ गते १३:१५

कैलाली । यही फागुन २१ गते प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनअन्तर्गत कैलाली क्षेत्र नं–४ को मतगणना सुरु भएको छ ।
निर्वाचन अधिकृत हरिप्रसाद आचार्यका अनुसार सर्वदलीय बैठक बसेपछि कैलालीको गेटास्थित निर्वाचन अधिकृतको कार्यालयमा मतगणना सुरु भएको हो । मतगणना गोदावरी नगरपालिका–१ बाट थालिएको उनले जानकारी दिए ।
कैलाली–४ मा कुल एक लाख १५ हजार १४३ मतदाता रहेकामा ६३ हजार ३४ जनाले मतदान गरेका थिए । सो क्षेत्रमा ५४.७४ प्रतिशत मत खसेको थियो ।
कैलाली–४ मा नेपाली कांग्रेसबाट गोरखबहादुर बिष्ट (आनन्द), नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट लेखराज भट्ट, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट खेमराज कोइरालालगायत उम्मेदवारले चुनाव लडेका छन् ।
सम्बन्धित
















६ जिल्लामा श्रम संस्कृति पार्टीकाे अग्रता
कुलमानलाई पराजित गर्दै काठमाडौँ–३ बाट रास्वपाका पाण्डे विजयी
कतारी नौसेना बहराइनमा सुरक्षित
झापाका पाँचै निर्वाचन क्षेत्रमा मतान्तर बढाउँदै रास्वपा उम्मेदवार
श्रीलङ्काको समुद्री तट नजिक इरानी युद्धपोत डुब्यो, झण्डै १५० जना बेपत्ता
आजकाे विदेशी मुद्राको विनिमयदर : युराे घट्याे
निर्वाचनमा हेलिकप्टर गस्ती गर्ने केन्द्रीय सुरक्षा समितिको निर्णय
कतारमा संदिग्ध १० इरानी जासुस पक्राउ
साउदी अरेबियामा रहेको सीआईए स्टेशन इरानी ड्रोन आक्रमणमा
प्रतिक्रिया