हुम्लामा केहीबेरमा मतगणना सुरु गरिने
मेरोन्यूज
२०८२ फागुन २२ गते १९:५४

हुम्ला : हुम्लाजिल्लाका ६५ वटै मतदान केन्द्रका मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आएर दलका प्रतिनिधि र उम्मेदवारबीच सर्वदलीय बैठक बसेपछि अहिले ७ः४५ बजेदेखि मतगणना सुरु हुने भएको छ ।
सर्वदलीय बैठक बिहान ११ः०० बजे बस्ने गरी बोलाइएको भए पनि ढिलाइ भएपछि दिउँसो ३ः०० बैठक बसेको थियो । उक्त बैठकले ७ः४५ बजेदेखि हुम्लाको मतगणना सुरु गर्ने निर्णय गरेको मुख्य निर्वाचन अधिकृत निलकण्ठ बरालले जानकारी दिए ।
मतगणनाका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सम्पूर्ण तयारी पूरा भएको उहाँले बताए । आज बिहान छ वटा मतदानस्थलका मतपेटिका हेलिकप्टरमार्फत र अन्य ५९ मतदान केन्द्रका मतपेटिका स्थलमार्ग भएर राति नै मतगणनास्थलमा ल्याइसकिएको उनले जानकारी दिए ।
उनका अनुसार हुम्लामा ३४ हजार ३७२ मतदाता भएपनि २२ हजार ४६७ मत खसेको थियो ।
सम्बन्धित















अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
‘होल्डिङ सेन्टर’का बालबालिकालाई निःशुल्क शिक्षा उपलब्ध गराउन आग्रह
यामाहा नेपालद्वारा काठमाडौंको बुढानीलकण्ठमा नयाँ ३एस शोरूम उद्घाटन
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
नारामा केन्द्रित नभई नतिजा केन्द्रित बजेट आवश्यकः पूर्वअर्थमन्त्री खनाल
रिंकुकुमारी हत्या प्रकरण: वडा सदस्यसहित १४ जनालाई कैद सजाय
प्रतिक्रिया