काठमाडौँका १० वटै क्षेत्रमा रास्वपाको क्लिनस्वीप

काठमाडौँ । मुलुकको सङ्घीय राजधानी काठमाडौँका १० निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले क्लिनस्वीप गरेको छ ।
विस ०७९ मा काठमाडौँका १० क्षेत्रमध्ये ४ क्षेत्रमा जितेको रास्वपाले अहिले ती क्षेत्रमा जित दोहर्याउँदै थप ६ क्षेत्रमा जितेर क्लिनस्वीप गर्न सफल भएको हो ।
रास्वपाबाट उम्मेदवार बनेर काठमाडौँ–१ मा रञ्जु दर्शना (न्यौपाने), काठमाडौँ–२ मा सुनिल केसी, काठमाडौँ–३ मा राजुनाथ पाण्डे, काठमाडौँ–४ मा पुकार बम, काठमाडौँ–५ मा सस्मित पोखरेल, काठमाडौँ–६ मा शिशिर खनाल, काठमाडौँ–७ मा गणेश पराजुली, काठमाडौँ–८ मा विराजभक्त श्रेष्ठ, काठमाडौँ–९ मा डोलप्रसाद अर्याल र काठमाडौँ–१० मा प्रताप विष्ट निर्वाचित भए ।
०७९ मा रास्वपाबाट उम्मेदवार बनेर काठमाडौँ–२ मा सोविता गौतम, काठमाडौँ–६ मा शिशिर खनाल, काठमाडौँ–७ मा गणेश पराजुली र काठमाडौँ–८ मा विराजभक्त श्रेष्ठ निर्वाचित भएका थिए । तीन क्षेत्रमा पुरानै अनुहार दोहोरिएका छन् भने काठमाडौँ–२ मा ०७९ मा जितेकी सोविता गौतम अहिले चितवन–३ मा उम्मेदवार बनेकी छन् ।
















पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
बनेपामा आजदेखि हजारौँ वर्ष पुरानो ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सुरु
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
पहिरोले डोजर पुर्दा चालकको मृत्यु
लागुऔषधसहित देशका विभिन्न स्थानबाट ३४ जना पक्राउ
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
आज विदेशी मुद्राको विनिमयदर : डलरको भाउ बढ्यो
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
चक्रपथ विस्तार गर्न चीनले ११ अर्ब अनुदान दिने
प्रतिक्रिया