राष्ट्रिय दल बन्ने दाैडमा कुन-कुन पार्टी ?

देशभरका विभिन्न निर्वाचन क्षेत्रमा समानुपातिकतर्फ करिब ४५ हजार मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आधाभन्दा बढी मत पाएको छ । अहिलेसम्म तीन दलमात्रै राष्ट्रिय दलकाे दाैडमा अघि देखिएका छन् ।
आज बिहान साढे ८ बजेसम्म निर्वाचन आयोगले सार्वजनिक गरेको आँकडा हेर्दा रास्वपाले कुल सदर मतको करिब ५७ प्रतिशत मत पाएको देखिन्छ । दोस्रो स्थानमा रहेको कांग्रेसले करिव १८ प्रतिशत मतमात्रै पाएको छ । एमाले र राप्रपा करिव–करिव ८/८ प्रतिशतको नजिक छन् ।
अहिलेसम्मको आँकडामा रास्वपा, कांग्रेस, एमाले र राप्रपा बाहेक अरुले ३ प्रतिशत मत कटाएका छैनन् । समानुपातिक प्रणालीमा सांसद पद दावी गर्न ३ प्रतिशत मत कटाउनुपर्छ । यस्तै राष्ट्रिय दल बन्न प्रत्यक्षतर्फ मार्फत एक सिट जितेको रसमानुपातिक मार्फत कूल वैध मतको ३ प्रतिशत प्राप्त गरेको हुनुपर्छ ।
प्रचण्ड नेतृत्वकाे नेकपाकाे प्रारम्भिक समानुपातिक मत गणनामा ३ प्रतिशत मत पुगेकाे छैन । तर पछि मत बढाउने अपेक्षा गरिएकाे छ । यस्तै प्रारम्भिक मत गणनामा समानुपातिककाे ३ प्रतिशत मत पुर्याएकाे राप्रपाका १ जना उम्मेदवारले पनि अहिले सम्म जितेका छैनन् । तर जुम्लामा एक राप्रपाका उम्मेदवार ज्ञानेन्द्र शाहीले अग्रता कायम राखेका छन् ।
प्रारम्भिक मत गणनामा श्रम संस्कृति पार्टीकाे पनि समानुपातिक मत गणनामा ३ प्रतिशत मत पुगेकाे छैन । तर पाँच क्षेत्रमा अग्रता कायम गरिरहेकाे छ । याे पार्टीले पनि समानुपातिकमा प्रतिशत मत पुर्याउने अपेक्षा गरेकाे छ ।
यस्तै मधेसवादी दल जसपा पनि अहिलेसम्म राष्ट्रिय दलकाे दाैडबाट बाहिरनै छ । साे पार्टीकाे प्रत्यक्ष र समानुपातिक दुबैतर्फ राम्राे मत आएकाे छैन ।
निर्वाचन आयोगले देशव्यापी संकलन गरेर आज बिहान अद्यावधिक गरेको ४५ हजार मत गणनाकाे विवरण निकै प्रारम्भिक हो । साेही कारण राष्ट्रिय दलकाे दाैडमा कुनकुन पार्टीले बाजी मार्छन्, थप केही मतगणनाकाे ट्रेण्ड कुर्नुपर्ने देखिन्छ ।

















दार्चुलामा एमालेका ठगुन्ना निर्वाचित
नवलपरासी-१ : विनोद चौधरीलाइ हराउँदै रास्वपाका विक्रम खनाल निर्वाचित
झापा–२मा पूर्वसभामूख घिमिरेलाइ हराएर पूर्वउपसभामूख रानामगर विजयी
११७ स्थानकाे मतगणना सकिँदा रास्वपाका ९१ उम्मेदवार विजयी
गगन उम्मेदवार रहेकाे सर्लाही-४ स्थित एक मतदान केन्द्रमा विवाद : मतदान रोकियो
निर्वाचनपछि पनि मुलुकमा स्थायित्वको सम्भावना कठिन छ, फेरि मध्यावधिमा जानसक्छः सुरेन्द्र पाण्डे
दुर्गमका मतपेटिका हेलिकप्टरबाट संकलन गरिँदै
देशभर शान्तिपूर्ण रूपमा मतदान सकियो
परराष्ट्र सचिव र चिनियाँ राजदूतबीच भेट
प्रतिक्रिया