कास्कीका तीन वटै क्षेत्रमा रास्वपाका उम्मेदवार विजयी

कास्की । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत कास्कीका तीन वटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का उम्मेदवार विजयी भएका छन् ।
आज घोषणा गरिएको अन्तिम मत परिणामअनुसार रास्वपाका उम्मेदवारले तीन वटै क्षेत्रमा फराकिलो अन्तरको जित निकालेका हुन् ।
कास्की क्षेत्र नं १ मा रास्वपाका खडकराज पौडेल ‘गनेस’ ३९ हजार ८८३ मत ल्याएर निर्वाचित भए । उनका मुख्य प्रतिस्पर्धी नेपाली कांग्रेसका तिलक रानाभाटले ११ हजार २१४ मत प्राप्त गरे । यस्तै, नेकपा (एमाले) का वैनबहादुर अधिकारी क्षेत्रीले १० हजार ४२९ र नेपाली कम्युनिष्ट पार्टीका राजकाजी गुरुङले दुई हजार ४७९ मत प्राप्त गरे ।
यसैगरी कास्की–२ मा रास्वपाका उत्तमप्रसाद पौडेलले ३१ हजार ९११ मत ल्याएर विजयी हुँदा निकटतम प्रतिस्पर्धी एमालेका रश्मी आचार्यले सात हजार ४९३ मत प्राप्त गरे ।
यस्तै, नेपाली कांग्रेसका माधव बास्तोलाले छ हजार ५०० मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत हिमलाल बेलवासेले जानकारी दिए ।
कास्की–३ मा रास्वपाकी उम्मेदवार बिना गुरुङले ३७ हजार ७५० मत ल्याएर विजयी भए । निकटतम प्रतिस्पर्धी कांग्रेसका मनोज गुरुङले १२ हजार ७८० र एमालेका दामोदर पौडेल सात हजार ९०६ मत प्राप्त गरे ।
कास्कीमा कुल तीन लाख आठ हजार ५७२ मतदाता रहेकामा एक लाख ८८ हजार ७६ मत खसेको थियो । प्रदेश निर्वाचन कार्यालयका अनुसार कास्की–१ मा ७० हजार १५०, कास्की–२ मा ५२ हजार ५१९ र कास्की–३ मा ६५ हजार ४०७ मत खसेको थियो ।

















इरानद्वारा इजरायल र अमेरिकी अड्डामा थप आक्रमण
हालसम्म ८३ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक, कस्ले कति जिते ?
हुम्लामा २ रोकायाबिच तिब्र प्रतिस्पर्धा
तबला दिएको फोटो राख्दै ओलीले भने- बालेन बाबु बधाई !
प्युठानमा रास्वपाका सुशान्त वैदिक विजयी, सूर्य थापा तेस्रो
गगन उम्मेदवार रहेकाे सर्लाही-४ स्थित एक मतदान केन्द्रमा विवाद : मतदान रोकियो
भाेट हाल्न जाँदै हुनुहुन्छ ?, यस्ताे छ आजकाे माैसम
निर्वाचनपछि पनि मुलुकमा स्थायित्वको सम्भावना कठिन छ, फेरि मध्यावधिमा जानसक्छः सुरेन्द्र पाण्डे
दुर्गमका मतपेटिका हेलिकप्टरबाट संकलन गरिँदै
परराष्ट्र सचिव र चिनियाँ राजदूतबीच भेट
प्रतिक्रिया