गुल्मी–१ मा रास्वपाका सागर ढकाल निर्वाचित

गुल्मी । गुल्मी प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सागर ढकाल विजयी भएका छन्। आज दिउँसो सम्पन्न अन्तिम मतपरिणामअनुसार १४ हजार ४६१ मतान्तरसहित ढकाल निर्वाचित भएका हुन् ।
मुख्य निर्वाचन अधिकृत कृष्णप्रसाद पौडेलका अनुसार ढकालले २९ हजार ६४२ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) उम्मेदवार ज्ञवालीले १५ हजार १८१ मत प्राप्त गरेका थिए ।
यस्तै, नेपाली कांग्रेसका उम्मेदवार चन्द्रकान्त भण्डारीले १३ हजार ५०५ र नेपाल कम्युनिस्ट पार्टीका शुदर्शन बरालले तीन हजार १६७ मत प्राप्त गरेका थिए । कुल एक लाख २२ हजार १८६ मतदाता रहेको उक्त क्षेत्रमा ६४ हजार ८२२ मत खसेकोमा ६२ हजार ८८० मत सदर भएको थियो ।
नवनिर्वाचित ढकाललाई मुख्य निर्वाचन अधिकृत पौडेलले विजय भएको प्रमाणपत्र प्रदान गर्नुभएको थियो । प्रमाणपत्र बुझेपछि समर्थक र कार्यकर्तालाई सम्बोधन गर्दै ढकालले रास्वपाको सरकार बनेपछि कार्की आयोगको प्रतिवेदनका दोषीलाई कारबाही गरिने बताए ।
उनले देशमा भष्ट्राचार नियन्त्रण र सुशासन कायम गर्नु आफ्नो पहिलो प्राथमिकता भएको बताए । गुल्मीको सत्यवती गाउँपालिका–६ मा २०४८ साल वैशाख २८ गते जन्मिनुभएका ढकाल पेसाले इन्जिनियर हुन् ।
उनले विसं २०७९ को प्रतिनिधिसभा निर्वाचनमा पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका तत्कालीन सभापति शेरबहादुर देउवासँग डडेल्धुराबाट प्रतिस्पर्धा गरेका थिए ।

















इरानद्वारा इजरायल र अमेरिकी अड्डामा थप आक्रमण
हालसम्म ८३ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक, कस्ले कति जिते ?
हुम्लामा २ रोकायाबिच तिब्र प्रतिस्पर्धा
तबला दिएको फोटो राख्दै ओलीले भने- बालेन बाबु बधाई !
प्युठानमा रास्वपाका सुशान्त वैदिक विजयी, सूर्य थापा तेस्रो
गगन उम्मेदवार रहेकाे सर्लाही-४ स्थित एक मतदान केन्द्रमा विवाद : मतदान रोकियो
भाेट हाल्न जाँदै हुनुहुन्छ ?, यस्ताे छ आजकाे माैसम
दुर्गमका मतपेटिका हेलिकप्टरबाट संकलन गरिँदै
निर्वाचनपछि पनि मुलुकमा स्थायित्वको सम्भावना कठिन छ, फेरि मध्यावधिमा जानसक्छः सुरेन्द्र पाण्डे
परराष्ट्र सचिव र चिनियाँ राजदूतबीच भेट
प्रतिक्रिया