इरानकाे आक्रमणमा ज्यान गुमाएका श्रेष्ठको शव नेपाल ल्याइयो
मेरोन्यूज
२०८२ फागुन २३ गते १९:३६

गोरखा, २३ फागुनः संयुक्त अरब इमिरेट्सको अबुधाबीमा इरानको आक्रमणमा परी ज्यान गुमाएका गोरखाको भीमसेन थापा गाउँपालिका-७ बोर्लाङ ठाँटीका दिवस श्रेष्ठको शव आज नेपाल ल्याएर अन्येष्टी गरिएको छ ।
नेपाली दूतावास अबुधाबीको पहलमा एयर अरेबियाको उडानमार्फत श्रेष्ठको शव नेपाल ल्याइएको हो । मृतकको शव पशुपति आर्यघाटमा आजै अत्येष्टी गरिएको भीमसेन थापा-७ का वडाध्यक्ष नारायण श्रेष्ठले जानकारी दिए ।
२९ वर्षीय श्रेष्ठको अबुधाबीस्थित जायद अन्तरराष्ट्रिय विमानस्थलमा ड्रोन निष्क्रिय पार्ने क्रममा भएको घटनामा परी गएको आइतबार निधन भएको थियो । अबुधाबीमा रहेको मिडिल इष्ट कम्पनीमा सुरक्षागार्डका रूपमा कार्यरत श्रेष्ठ तीनवर्ष अघि वैदेशिक रोजगारीको सिलसिलामा त्यहाँ गएका थिए ।
गत असोजमा नेपाल आएर उहाँ पुनःदुबई फर्किएका थिए । मृतक श्रेष्ठको बुवा, आमा र एक बहिनी छन् ।
सम्बन्धित
















समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक
क्यानले नेपाल ‘ए’ टोलीले खेल्ने अन्तर्राष्ट्रिय शृङ्खलाको खेल तालिका सार्वजनिक
गहना पसलमा पेस्तोल ताक्दै लुटपाट गर्ने समूहका तीन जना पक्राउ
स्वास्थ्य मन्त्रालयका १९३ पदाधिकारी भए पदमुक्त
सरकार द्वारा राष्ट्रियस्तरका १२ ट्रेड युनियनको दर्ता खारेज
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिसमक्ष पठाउने सरकारकाे निर्णय
तमिलनाडुका मुख्यमन्त्री बन्दै विजय थलापति !
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
युएइमाथी फेरी इरानले गर्यो मिसाइल र ड्रोन आक्रमण
प्रतिक्रिया