रुकुम पश्चिममा नेकपाका शर्माले जित्दा जनार्दन शर्मा तेस्राे

रुकुम पश्चिम । रुकुम पश्चिममा नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार गोपाल शर्मा विजयी भएका छन्।
गोपालले २१ हजार ६०९ मत ल्याएर सांसदमा निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका राजु केसीले १६ हजार ६६१ मत प्राप्त गरे। यस्तै, नेकपाका उम्मेदवार गोपालसँग मुख्य प्रतिस्पर्धी मानिएका प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवार जनार्दन शर्मा भने तेस्रोमा खुम्चिए।
जनार्दनले १४ हजार ३४६ मत मात्रै प्राप्त गरे। रास्वपाका उम्मेदवार मानबहादुर शाहीले ४ हजार ७६ मत प्राप्त गरे।
जनार्दन शर्मा यस क्षेत्रबाट चारपटक चुनाव जितेर संसद् पुगिसकेका थिए । यसपटक पनि पाँचौँ जितको अभिलासा बोकेर चुनावी मैदानमा उत्रिएका शर्माको यात्रा पराजयमा टुंगिएको छ। तत्कालीन माओवादीको गढ मानिएको रूकुम पश्चिममा माओवादी छोडेर प्रगतिशील लोकतान्त्रिक पार्टी गठन गरेर जनार्दन अघि बढेपछि यतिबेला आफ्नै चेला गाेपालसँग पछारिन पुगेका हुन् ।

















नवलपरासी-१ : विनोद चौधरीलाइ हराउँदै रास्वपाका विक्रम खनाल निर्वाचित
झापा–२मा पूर्वसभामूख घिमिरेलाइ हराएर पूर्वउपसभामूख रानामगर विजयी
११७ स्थानकाे मतगणना सकिँदा रास्वपाका ९१ उम्मेदवार विजयी
इलाम–२ बाट एमाले उम्मेदवार सुहाङ निर्वाचित
गगन उम्मेदवार रहेकाे सर्लाही-४ स्थित एक मतदान केन्द्रमा विवाद : मतदान रोकियो
निर्वाचनपछि पनि मुलुकमा स्थायित्वको सम्भावना कठिन छ, फेरि मध्यावधिमा जानसक्छः सुरेन्द्र पाण्डे
दुर्गमका मतपेटिका हेलिकप्टरबाट संकलन गरिँदै
देशभर शान्तिपूर्ण रूपमा मतदान सकियो
परराष्ट्र सचिव र चिनियाँ राजदूतबीच भेट
प्रतिक्रिया