११७ स्थानकाे मतगणना सकिँदा रास्वपाका ९१ उम्मेदवार विजयी

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) हालसम्म ९१ क्षेत्रमा विजयी भएकोे छ । आज बिहान ५ः३० बजेसम्मको परिणामअनुसार रास्वपाका उम्मेदवारले ३४ निर्वाचन क्षेत्रमा अग्रता हासिल गरिरहेका छन् ।
निर्वाचन आयोगका अनुसार हालसम्म ११७ स्थानको मतगणना सार्वजनिक भएकामा नेपाली कांग्रेसले १३ क्षेत्रमा जित हासिल गरेको छ भने तीन स्थानमा अगाडि रहेको छ । नेकपा (एमाले) सात स्थानमा विजयी हुँदा चार स्थानमा अगाडि रहेको छ । आयोगका अनुसार नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट हालसम्म चार उम्मेदवार विजयी भएका छन् भने तीन स्थानमा अग्रता लिएका छन् ।
यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी र स्वतन्त्र उम्मेदवार एक–एक स्थानमा विजयी भएका छन् । यस्तै, श्रम संस्कृति पार्टीका तीन जना उम्मेदवार अग्रस्थानमा छन् ।
समानुपातिकतर्फ प्रतिनिधिसभा सदस्यको फागुन २१ गते सम्पन्न समानुपातिक निर्वाचनतर्फ हालसम्म १९ लाख ४५ हजार १५५ मतगणना सम्पन्न भएको छ । आयोगका अनुसार रास्वपाले हालसम्म १० लाख तीन हजार १७५, नेपाली कांग्रेसले तीन लाख ३० हजार ७२८, नेकपा (एमाले)ले दुई लाख ६३ हजार ५८२ र नेपाली कम्युनिष्ट पार्टीले एक लाख १५ हजार १९१ मत प्राप्त गरेका छन् ।

















श्रम अभियन्ता हर्क साम्पाङको नगर प्रमुखदेखि सांसदसम्मको यात्रा
आफ्ना उर्जा पूर्वाधारमा अमेरिकी आक्रमण नरोके खाडी देशका उर्जा पूर्वाधारमा आक्रमण गर्ने इरानको चेतावनी
भारतले जित्यो टि–२० विश्वकपको उपाधि
राष्ट्रियसभाका नवनिर्वाचित सदस्यको शपथ आज
इलाम–२ मा सुहाङको अग्रता कायमै
कैलालीका २ क्षेत्रमा नेकपा, एक/एक क्षेत्रमा कांग्रेस र रास्वपाको अग्रता
सर्लाही-४ : गगनभन्दा अमरेशले थप बढाए मतान्तर
तनहुँ–१ मा स्वर्णिम वाग्लेको अग्रता
सर्लाही-४ : गगन थापा ३२ सय मतले पछाडि
प्रतिक्रिया