अमरेशलाई बधाई दिँदै गगनले भने- मतदाताप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछु

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता डा. अमरेशकुमार सिंहलाई बधाई दिएका छन् ।
सर्लाही–४ बाट सिंहले ३५ हजार ६८८ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी थापाले २२ हजार ८३१ मत ल्याए ।निर्वाचनमा पराजित भएपछि उनले विजेता सिंहलाई बधाई दिएका हुन् ।
‘सर्लाही क्षेत्र नम्बर ४ बाट निर्वाचित हुनुभएकोमा डा. अमरेश सिंहलाई हार्दिक बधाई तथा शुभकामना,’ सभापति थापाले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।
सभापति थापाले आफूलाई मत दिएका सम्पूर्ण मतदाताप्रति कृतज्ञता व्यक्त गरेका छन् ।‘मलाई माया, विश्वास र मत दिनुहुने यस क्षेत्रका सम्पूर्ण मतदाताप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछु,’ उनले भनेका छन् ।
सभापति थापाले सर्लाही–४ मा देखेका समस्या समाधानका लागि आफ्नो तर्फबाट पहलका लागि निरन्तरता दिने पनि बताएका छन् । ‘यस क्षेत्रमा मैले देखेका समस्याहरूको सम्बोधन गर्न, मेरो पहल र क्षमताभित्रबाट सम्भव हुने कामहरू निरन्तर रूपमा गरिरहनेछु,’ उनले लेखेका छन् ।















गृहमन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता
टी–२० विश्वकप विजेता भारतलाई १ करोड ४० लाख डलर पुरस्कार
छ वर्षपछि चीन–उत्तर कोरिया रेल सेवा पुनः सुरु
शुक्लाफाँटामा बाघ गणना सुरु
नेप्सेमा ३२ अंकले घट्यो, साढे २१ अर्बको कारोबार
रास्वपाको चुनावी वाचापत्रमा यस्ता छन् आर्थिक सुधारका ‘एजेन्डा’
नेपाललाई बधाइ दिँदै मोदीले भने – नयाँ सरकारसँग सहकार्य गर्न प्रतिबद्ध छाैं
अटो दुर्घटना हुँदा चार जनाको मृत्यु, एक घाइते
ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल ५ मतको अन्तरमा विजयी
हालसम्म ८३ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक, कस्ले कति जिते ?
प्रतिक्रिया