छुट्टाछुट्टै सवारी दुर्घटनामा १० जनाको मृत्यु
मेरोन्यूज
२०८२ फागुन २४ गते १७:०५

काठमाडौँ। देशका विभिन्न भागमा शनिबार र आइतबार भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा १० जनाको मृत्यु भएको छ । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार काठमाडौँको तारकेश्वर नगरपालिका-४, रौतहटको परोहा नगरपालिका-८, रौतहटको चन्द्रपुर नगरपालिका-१, धनुषाको गणेशमान चारनाथ नगरपालिका-५ चिसापानी बजार र लमजुङको सुन्दरबजार नगरपालिका-७ कुमालटारमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी एक/एक जनाको मृत्यु भएको हो ।
त्यस्तै सर्लाहीको हरिवन नगरपालिका-२ पाकरगाछीमा भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ । चितवनको कालिका नगरपालिका-९ दब्यटारस्थित सडकमा उर्पदानगढीबाट शक्तिखोरतर्फ आँउदै गरेको अटो अनियन्त्रित भई दुर्घटना हुँदा अटोचालक राप्ती नगरपालिका-९ का पूर्ण विकसहित चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
सम्बन्धित















यूएईमा रहेका नेपालीलाई दूतावासले भन्यो- आफ्नो राहदानी सुरक्षित राख्नू
कर्णालीमा समानुपातिकतर्फ कांग्रेस पहिलो
ग्यास संकटले भारतका रेस्टुरेन्ट जोखिममा, देशभरका व्यवसाय बन्द हुनसक्ने चेतावनी
मध्यपूर्व युद्धः लेबनानमा एक लाख मानिस विस्थापित
ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल ५ मतको अन्तरमा विजयी
रास्वपाको चुनावी वाचापत्रमा यस्ता छन् आर्थिक सुधारका ‘एजेन्डा’
हर्क साम्पाङको माग: सरकारको नेतृत्व बालेन हाेइन रविले गर्दा राम्रो !
आफ्ना उर्जा पूर्वाधारमा अमेरिकी आक्रमण नरोके खाडी देशका उर्जा पूर्वाधारमा आक्रमण गर्ने इरानको चेतावनी
सङ्खुवासभामा एमाले र रास्वपाबीच कडा प्रतिस्पर्धा
प्रतिक्रिया