इरानले विश्वकप फुटबलमा भाग नलिने

अमेरिका, इजरायल र इरानबीच जारी युद्धका कारण विश्वकै सबैभन्दा ठूलो प्रतियोगितामा विश्वकप फुटबलमा इरानकोे फुटबल टोलीको सहभागिता नजनाउने भएकाे छ ।
इरानका खेलकुद मन्त्री अहमद डोन्यामालीले संयुक्त राज्य अमेरिकाले इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको हत्या गरेका कारण इरान फिफा विश्वकपमा भाग नलिन बताए ।
उनले बुधबार सरकारी टेलिभिजनलाई भने “यो भ्रष्ट शासन [अमेरिका] ले हाम्रा नेताको हत्या गरेको कुरालाई ध्यानमा राख्दै, कुनै पनि परिस्थितिमा हामी विश्वकपमा भाग लिन सक्दैनौं,”
आगामी फिफा विश्वकप यही वर्षको जूनमा अमेरिका, मेक्सिको र क्यानडामा संयुक्त रूपमा आयोजना हुन गइरहेको छ । जसमा, इरान पनि त्यस प्रतियोगितामा सहभागि टोली हो ।
इरानले विश्वकपमा पछिल्ला समयमा एसियाको प्रतिनिधित्व लगातार गरिरहेको छ । इरानले पछिल्लो समयमा लगातार तीन विश्वकपमा सहभागिता जनाइसकेको छ भने आगामी विश्वकप टोलीको लगालग चौथो सहभागिता पनि हो ।
यस विश्वकपमा इरानले समूह चरणका खेलहरू अमेरिकामै खेल्ने तालिका रहेको छ । एसियाबाट छनोट भएको इरानले समूहमा बेल्जियम, नेदरल्यान्ड्स र इजिप्टविरुद्ध खेल्नु पर्नेछ ।
इरानले नखेलेमा यसको विकल्प फिफाले कुनै टोलीलाई खेलाउनेछ । साथै प्रतियोगिताको संरचनामा पनि यसको व्यापक प्रभाव पर्न सक्नेछ ।
हालै पनि भारत र श्रीलंकामा भइरहेको टी २० विश्वकपबाट बंगलादेशले नाम फिर्ता लिँदा त्यस टोलीको स्थानमा स्कटल्यान्डले खेलेको थियो । तर, बंगलादेशको अनुपस्थितमा स्कटल्यान्डले राम्रो प्रदर्शन गर्न सकेन ।
















मनोहरा क्षेत्रका सबै ८१० घरटहरा भत्काइयो
कुष्ठरोग लागेका व्यक्तिसँग विवाह बदर हुने कानुनी व्यवस्था खारेज
कमला नदीको अस्थायी बाँध बाढीले बगाउँदा आवतजावतमा समस्या
बङ्गलादेशमा आतङ्ककारी धम्कीपछि विमानस्थल सुरक्षा कडाइ
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
विभिन्न स्थानमा बदली, केही क्षेत्रमा वर्षा तथा चट्याङको सम्भावना
प्रतिक्रिया