चितवन राष्ट्रिय निकुञ्जमा पोखरी निर्माण र मर्मत सुरु

चितवन। चितवन राष्ट्रिय निकुञ्जले आफ्नो क्षेत्रभित्र पोखरी निर्माण र मर्मत सुरु गरेको छ । हरेक वर्ष गर्मी याममा वन्यजन्तुका लागि पोखरी निर्माण र मर्मत गरिन्छ ।
निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार जनावरलाई खान, जलमा बस्ने जनावरका लागि वसस्थान र घाँसेमैदान सिँचाइका लागि पोखरी निर्माण गर्ने गरिन्छ । उनले यस वर्ष तीन वटा नयाँ पोखरी निर्माण र चार वटा पोखरी मर्मत गर्न लागिएको बताए । उनले भने, “यस वर्ष हामीले पोखरी निर्माण र मर्मत वन्यजन्तुको बासस्थानका आधारमा गर्न लागेका छौँ ।”
निकुञ्जभित्र ५६ वटा पोखरी तथा तालतलैया रहेको उनले बताए । उनका अनुसार ती सबै पोखरी तथा तालमा सरसफाइ गर्न नसकिए पनि महत्वपूर्ण स्थानमा रहेका ताल र पोखरी निर्माण गर्न लागिएको हो ।
निकुञ्जमा एकसिङ्गे गैँडा, पाटेबाघ, भालु, चित्तल, हात्तीलगायत जनावरहरुको बासस्थान छ । चर्को गर्मीसँगै वन्यजन्तुलाई पानीको आवश्यकपर्ने भएकाले पोखरी निर्माण गर्न लागिएको हो ।
वन्यजन्तु पानीको आवश्यकताले समुदायमा जान रोक्नका लागि सहयोग पुग्नेछ । नौ दशमलव ५२ दशमलव ६३ हेक्टर क्षेत्रफलमा फैलिएको निकुञ्जमा घाँसेमैदान व्यवस्थापनका लागि नियन्त्रित डढेलो लगाउन सुरु गरिएको छ ।















इरानी नागरिकलाई नेपालको ‘अन अराइभल’ भिसा बन्द
‘खानेपानी अभावपछि गाउँ खाली हुन थाल्यो’
बेलायतमा पाँचौं ए स्टार नेपाल बास्केटबल लिग मार्च १५ देखि
आयल निगमले भन्याे- ग्यासको आयात निरन्तर छ, अनावश्यक सञ्चिती नगरौँ
कार्यदलको निष्कर्ष : चालक थकित र अपर्याप्त सडक पूर्वाधारका कारण धादिङ बस दुर्घटना
ग्यास संकटले भारतका रेस्टुरेन्ट जोखिममा, देशभरका व्यवसाय बन्द हुनसक्ने चेतावनी
यूएईमा रहेका नेपालीलाई दूतावासले भन्यो- आफ्नो राहदानी सुरक्षित राख्नू
मध्यपूर्व युद्धः लेबनानमा एक लाख मानिस विस्थापित
आज २०८२ साल फागुन २७ गते बुधबारको राशिफल
नेपालका विनाेद चौधरीको सम्पत्ति ३ खर्ब २ अर्ब पुग्यो
प्रतिक्रिया