६५ स्कुलका ५८५ विद्यार्थीका पेन्टिङ तथा हस्तकला प्रदर्शनीमा

काठमाडौँ । बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा ६५ स्कुलका ५ सय ८५ विद्यार्थीहरुले बनाएका पेन्टिङ तथा हस्तकला प्रदर्शनीमा राखिएका छन् ।
उपत्यकाका ६५ वटा स्कुलका विद्यार्थीले बनाएका कोलाज आर्ट, पेन्टिङ, टोट् ब्याग (नेपाली उत्पादन) पेन्टिङ तथा हस्तकला प्रदर्शनीसँगै विक्रीमा राखिएका छन् ।

विद्यार्थीहरुमा भएको कला र हस्तकला क्षमतालाई अभिवृद्धि गर्न पिडिलाइट् इन्डस्ट्रिज लिमिटेड नेपालले ‘फेबिक्रिल आर्ट ओलम्पियाड एक्जिबिसन २०२६’ को आयोजना गरेको हो । पहिलो चरणमा उपत्यकाका ६५ वटा स्कुलका १० हजार विद्यार्थीहरुबीच प्रतिष्पर्धा भएको थियो । कक्षा ३ देखी ९ सम्म अध्ययनरत तिनै विद्यार्थीहरुबाट छनौट भएका ५ सय ८५ वटा पेन्टिङ तथा हस्तकला प्रर्दशनीमा राखिएको हो ।
‘विद्यार्थीहरुले आफूभित्रको रुची स्वतन्त्र रुपले अभिव्यक्त गरुन् र लुकेको कलालाई प्रस्फुटन गरुन् भन्ने उद्देश्य हो ।’ पिडिलाइट् इन्डस्ट्रिज लिमिटेड नेपालका कला र स्टेशनरी विभागका बिज्नेश डेभल्पमेन्ट एक्ज्यूकेटिभ (व्यापार विकास अधिकारी) सुनिल यादव भन्छन् ‘स्कुलका विद्यार्थीहरुमा कला र हस्तकलाप्रति मोह बढाउनुका साथै सिर्जनात्मक क्षमता अभिवृद्धि गर्न कार्यक्रमको आयोजना गरेका हौं ।’

मंगलबारदेखी सूरु भएको प्रदर्शनी शनिबारसम्म चल्नेछ । आयोजक पिडिलाइट् इन्डस्ट्रिज लिमिटेड नेपालले स्कुलका लागि आवश्यक कला र स्टेशसनरी सामग्रीका साथै फेविकल एमआर, एक्रोन पोस्टर कलर, फेविक्रिल एक्रेलिक कलर जस्ता सामानहरु उत्पादन गर्दै आएको छ ।
















प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
फरार प्रतिवादी २६ वर्षपछि पक्राउ
निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह
जोखिम नक्साङ्कनका लागि तथ्याङ्क अद्यावधिक गरिएको सेनाको स्पष्टोक्ति
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
प्रतिक्रिया