आज शनिबार कुन राशिका लागि शुभ , हेराैँ राशिफल

काठमाडौं । आज २०८२ साल फागुन ३० गते शनिबार चैत कृष्ण पक्षको दशमी तिथि । तदनुसार सन् २०२६ मार्च १४ तारिख । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।
मेष : आर्थिक पक्षमा सुधारका संकेत छन्। व्यापार व्यवसायमा नयाँ योजनामा सफलता मिल्नेछ। परिवार वा आफन्तहरूसँग रमाइलो समय बिताउने अवसर मिल्नेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक १ रहेको छ।
वृष :साथीभाईहरूको सहयोगले समस्याको समाधान हुनेछ। पढाइमा नयाँ सिप सिक्नको लागि परिश्रम गर्नुपर्ला। सांस्कृतिक संघ समारोहमा सहभागी भइएला। आजको शुभ रंग केशरी हो भने शुभ अंक ३ रहेको छ।
मिथुन :करियरमा प्रगतिका संकेत देखिनेछन्। व्यापार व्यवसायमा जीवनसाथीको सहयोग मिल्नेछ। नयाँ कामको अवसर आउनेछ। आर्थिक पक्ष सबल हुनेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ६ रहेको छ।
कर्कट : साथीभाइको सहयोगले समस्याको समाधान हुनेछ। लगनशीलता र मेहनतले प्रतिद्वन्दीहरू हार खानेछन्। वित्तीय वा सहकारी क्षेत्रतिर गरिएको प्रयासमा सफलता मिल्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ७ रहेको छ।
सिंह : रचनात्मक कार्यतर्फ रुचि बढ्नेछ। विद्यार्थीहरूको पठनपाठनमा मन लाग्नेछ। चुनौतीहरू पन्छ्याउँदै नयाँ कामको जग बसाउने अवसर रहेको छ। सन्तानको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ३ रहेको छ।
कन्या :स्वास्थ्य र खानपिनमा ध्यान दिनु आवश्यक रहेको छ। व्यापारिक लेनदेनमा सावधानी अपनाउनुहोस्। प्रभावशाली व्यक्तिहरूसँग सम्पर्क बढ्नेछ। आजको शुभ रंग आकाशी हो भने शुभ अंक ५ रहेको छ।
तुला : धैर्य वा अनुशासन अपनाए सफलता मिल्नेछ। वाद विवादबाट टाढा रहनु नै राम्रो हुनेछ। साहसिक कार्यले समाजमा नाम स्थापित गराउनेछ। यात्रा लाभदायी रहनेछ| आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ।
वृश्चिक :बोलि प्रभावशाली रहनेछ। विद्यार्थीहरूको बौद्धिक क्षेत्रमा विकास हुनेछ। काम र व्यवसायको सन्दर्भ लाई लिएर आफन्तहरूबाट टाढिनुपर्ला। आजको शुभ रंग खैरो हो भने शुभ अंक ५ रहेको छ।
धनु : आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। समस्या दर्शाउँदा शुभचिन्तकहरूको साथ र सहयोग मिल्नेछ। पहिलाका सफलताले थप काम गर्न हौसला मिल्नेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ७ रहेको छ।
मकर : स्वाभिमानको रक्षाको लागि संघर्ष गर्नुपर्ला। सञ्चित रकम खर्च हुने वा व्यापार व्यवसायमा नयाँ लगानी लगाउनुपर्ने हुन सक्छ। स्वास्थ्यलाई लिएर खानपिनमा ध्यान दिनुहोस्। आजको शुभ रंग निलो हो भने शुभ अंक ८ रहेको छ।
कुम्भ :प्रेम र मित्रताको बन्धन कसिनेछ। अप्ठ्यारो परिस्थितिलाई पनि सहज बनाउन सकिनेछ। घुमफिर एवं मनोरञ्जनमा समय बित्नेछ। व्यापार व्यवसायमा लाभ हुनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ५ रहेको छ।
मीन :रोकिएको कामलाई दोहोर्याएर प्रयत्न गर्दा सफलता मिल्नेछ। आम्दानीका नयाँ स्रोतहरू फेला पर्नेछन्। इच्छाशक्ति बढ्नुका साथै लक्ष्य प्राप्ति गर्न सहज बन्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ३ रहेको छ।













ग्यास वितरण पारदर्शी बनाउन चितवन प्रशासनद्वारा नयाँ व्यवस्था
बजारमा ग्यास अभाव, आयात भने नियमित
आज कुन विदेशी मुद्राको विनिमयदर कती ?
समानुपातिककाे मत गणना सकियाे : कसले कति पाए ?
यात्रु उद्धारका लागि नेपाल एयरलाइन्सको जहाज आज राति दुबई प्रस्थान गर्दै
बिहीबार कुन राशिका लागि शुभ ? हेर्नुहाेस् राशिफल
तेलको मूल्य प्रति ब्यारेल २०० डलर पुग्छ, ‘तयार हुनु’ – इरान
मध्यपूर्व द्वन्द्वको प्रभाव अफगान बालबालिकामा, सहयोग बढाउन युनिसेफको आग्रह
प्रतिक्रिया