सेयर बजारमा ४ अंककाे वृद्धि, काराेबार रकम १४ अर्बमाथि

काठमाडौँ। यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अंकको सुधार देखिएको छ । आज नेप्से परिसूचक चार दशमलव ४५ अंकले बढेर दुई हजार ८२४ दशमलव ९० विन्दुमा कायम भएको हो ।
आज ३५० कम्पनीको तीन करोड ९५ लाख ४९ हजार ३३ कित्ता शेयर एक लाख २४ हजार ४९० पटक खरिदबिक्री हुँदा रु १४ अर्ब ३२ करोड ९६ लाख चार हजार ३१५ दशमलव ९० को कारोबार भएको नेप्सेले जनाएको छ । आजको कारोबारमा होटल तथा पर्यटन समूह शून्य दशमलव ६२, लगानी शून्य दशमलव ५४, जीवन बिमा शून्य दशमलव ४६ र म्युचुअल फण्ड समूह शून्य दशमलव २५ प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ ।
आज व्यापार समूह सबैभन्दा बढी दुई दशमलव ८३ प्रतिशतले बढेको छ । बैंकिङ शून्य दशमलव २१, विकास बैंक शून्य दशमलव ७४, वित्त शून्य दशमलव २२, जलविद्युत् शून्य दशमलव शून्य छ, उत्पादन तथा प्रशोधन शून्य दशमलव १२, लघुवित्त शून्य दशमलव १५, निर्जीवन बिमा शून्य दशमलव १६ र अन्य समूह शून्य दशमलव शून्य तीन प्रतिशतले बढेको छ ।
सोलु हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ भने दरमखोला हाइड्रो इनर्जी लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा बढी ग्रिनलाइफ हाइड्रोपावर लिमिटेडको ८१ करोड एक लाख २१ हजार २०१ बराबरको २७ लाख २१ हजार ९८० बराबरको कारोबार भएको छ ।















अष्ट्रेलियामा शरण मागेकी इरानी महिला फुटबल टोलीकी कप्तानले निवेदन फिर्ता लिइन्
यी हुन् कांग्रेसले समानुपातिकमा सिफारिस गरेका २० जना
प्रधानमन्त्रीसँग कांग्रेस सभापति थापासहित पदाधिकारीको भेट
नेपाल फर्किन चाहने कुवेतमा रहेका नेपालीलाई साउदी अरब हुँदै फर्किन अनुरोध
मातृकाको सांसद पद जोगियो, किशोरीको मुद्दामा सर्वोच्चले दिएन अन्तरिम आदेश
अमेरिकाले आफनाे बिजुली नेटवर्कलाई लक्षित गरे सबैतिर ‘अँध्यारो’ बनाइदिने इरानकाे चेतावनी
समानुपातिकतर्फको सिट सङ्ख्या सार्वजनिक, कस्काे कति सिट ?
मौसममा पश्चिमी प्रणालीको प्रभाव: केही स्थानमा वर्षा र हिमपातको सम्भावना
इरानी राष्ट्रपति पेजेश्कियान जनतासँगै सडकमा उत्रिए
प्रचण्ड र रविबीच कुराकानी
प्रतिक्रिया