कांग्रेस सभापति थापाले दिए पदबाट राजीनामा

काठमाडौं। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पदबाट राजीनामा दिएका छन् ।
गत प्रतिनिधिसभा सदस्य निर्वाचनमा कांग्रेसको पराजय भएपछि नैतिक जिम्मेवारी लिँदै थपाले बुधबार उपसभापति विश्वप्रकाश शर्मा समक्ष राजीनामा बुझाएको स्रोतले बताएको छ । राजीनामा भने सार्वजनिक गरिएको छैन ।थापाले उपसभापति शर्मालाई राजीनामा बुझाएसँगै त्यसबारे छलफल गर्नका लागि शुक्रबार दिउँसो १ बजे केन्द्रीय कार्यसमिति बैठक समेत बोलाइएको छ ।
केन्द्रीय कार्यसमिति बैठकले थापाको राजीनामा स्वीकृत गर्ने सम्भावना न्यून रहेको एक केन्द्रीय सदस्यले बताए ।निर्वाचनको प्रारम्भिक नतिजा आएसँगै राजीनामाको मनस्थिति बनाएका थापालाई केन्द्रीय पदाधिकारीलगायत उच्च नेताहरुले राजीनामा नदिन सुझाव दिँदै आएका थिए ।
सभापति थापा प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसको ठूलो हारसँगै आफू पनि सर्लाही क्षेत्र नम्बर ४ बाट पराजित भएका थिए ।
यो हारसँगै कांग्रेसकै एउटा समूहले थापालाई राजीनामा दिन सार्वजनिक रुपमै चर्को दबाब दिँदै आएको थियो ।
गत पुसमा काठमाडौँमा भएको कांग्रेसको विशेष महाधिवेशनले थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको थियो ।
२०७९ सालको निर्वाचनमा पहिलो दल बनेको नेपाली कांग्रेसले फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ १८ र समानुपातिकतर्फ २० गरी ३८ सिटमा जित हासिल गरेको छ ।

















ललितपुर महानगरको नयाँ प्रशासनिक भवन ‘ब्लक–सी’ उद्घाटन
चैत १६ गते संघीय संसद्को अधिवेशन बोलाउने तयारी
चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने बालेनको तयारी
विमानस्थलबाट २८ हजार ९०० अमेरिकी डलरसहित तीन नेपाली पक्राउ
रवि-बालेनसहित रास्वपा शीर्षनेताबीच भेटवार्ता
आजको मौसम पूर्वानुमानः यी तिन प्रदेशमा चट्याङसहित हल्का वर्षाको सम्भावना
चैत ३ गते मंगलबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
रवि र बालेन किन गएनन् अभिमुखीकरण उद्घाटनमा ?
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
इरानकाे आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा
प्रतिक्रिया