लागुऔषधसहित विभिन्न स्थानबाट छब्बिस जना पक्राउ

काठमाडौँ। नियमित गस्तीमा रहेको प्रहरी टोलीले लागुऔषधसहित विभिन्न स्थानबाट २६ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार बैङ्ककबाट नेपाल एयरलाइन्सको विमानमा आएका एक जना भारतीय नागरिकलाई पाँच किलो गाँजासहित त्रिभुवन अन्तरराष्ट्रिय आगमनकक्षबाट पक्राउ गरिएको हो ।
यसैगरी, काठमाडौँ महानगरपालिका–३२ नरेफाँटबाट एक जना, नागार्जुन नगरपालिका–६ शरणपुरचोकबाट ७३ किलो गाँजासहित दुई जना, मोरङको उर्लाबारी नगरपालिका–७ बरगाछीबाट एक, नुवाकोटको विदुर नगरपालिका–१ त्रिशूलीबाट पाँच जना, पोखरा नगरपालिका–२७ सैनिकबस्तीबाट एक जनालाई पक्राउ गरिएको हो ।
बाँकेको कोहलपुर नगरपालिका–१५ अक्कलघरुबाट खैरो हेरोइनसहित आठ जना, सोही नगरपालिकाको ढोरपुरबाट एक जना, सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१२ बाट एक जना र दाङको घोराही उपमहानगरपालिका–१८ गाउँबेँसी टोलबाट पाँच जनालाई पक्राउ गरिएको छ । उक्त समाचारकक्षका अनुसार उनीहरुलाई बुधबार र बिहीबार पक्राउ गरिएको हो ।
















सर्वोच्च नेता खामेनी भन्छन्- इरानका शत्रुहरूले गलत हिसाब गरे
इरान युद्धमा सहयाेग नगरेकाे भन्दै ट्रम्पले नेटो सहयोगीलाई भने -‘कायर’
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
अमेरिकी लडाकू विमान राख्ने प्रस्ताव श्रीलङ्काद्वारा अस्वीकार
युद्धको ‘भ्रामक’ सूचना पोष्ट गरेको आरोपमा युएईबाट १०० भन्दा बढी व्यक्ति पक्राउ
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
रास्वपाको अभिमुखीकरणमा बालेन नजाने
प्रतिक्रिया