शुक्रबार, चैत ६, २०८२

मृत्युको हल्ला चलेपछि बेन्जामिन नेतन्याहुले भने -‘म जिउँदै छु’

मेरोन्यूज २०८२ चैत ६ गते १०:५०

काठमाडौं । इजरायलका प्रधानममन्त्री बेन्जामिन नेतन्याहुले आफू जिउँदै रहेको प्रमणित गर्न पत्रकार सम्मेलन गरेका छन् ।

Advertisement
nepal life insurencenepal life insurence

उनले बिहीबार राति पत्रकार सम्मेलन आयोजना गरेर आफू जिउँदै रहेको प्रमाण विश्व समुदायलाई दिएका हुन् ।

‘म सबैभन्दा पहिले भन्न चाहन्छु कि म जिउँदै छु र तपाईं सबै यसको साक्षी हुनुहुन्छ,’ नेतन्याहुले पत्रकार सम्मेलनको सुरूवातमै भने, ‘यसका साथै म सबै फेक न्युजको खण्डन गर्छु ।’

सामाजिक सञ्जालमा उनको मृत्युको अफवाह फैलिएपछि नेतन्याहु पत्रकार सम्मेलनमार्फत् सार्वजनिक भएका हुन् ।

नेतन्याहूले थपे, ‘राष्ट्रपति डोनाल्ड ट्रम्पको नेतृत्वमा अमेरिका र इजरायलले आफ्नो अभियानलाई निकै मजबुत रूपमा अघि बढाइरहेका छन्।’

यसअघि मार्च १३ मा नेतन्याहूको एक्स (ट्विटर) खाताबाट सार्वजनिक गरिएको भिडियोबारे पनि सामाजिक सञ्जालमा विवाद भएको थियो। उक्त भिडियोमा उनले इरानको आक्रमणबारे जानकारी दिएका थिए। तर केही प्रयोगकर्ताले उक्त भिडियो एआईबाट बनाइएको भन्दै नेतन्याहूको मृत्यु भइसकेको दाबी गरेका थिए।

प्रतिक्रिया