नुुवाकोटमा सिकारीले हानेको गोली लाग्दा एक महिला गम्भीर घाइते
मेरोन्यूज
२०८२ चैत ६ गते ११:३३

त्रिशूली (नुवाकोट)। नुुवाकोटको शिवपुरी गाउँपालिका–३ दियालेमा सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते भएकी छन् ।
स्थानीय ४१ वर्षीय कान्छिमाया तामाङलाई बिहीबार अपरान्ह सिकारीले हानेको गोली छातीमा लाग्दा उनको अबस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक विपिन रेग्मीले जानकारी दिए । घटना पश्चात गम्भीर घाइते अबस्थामा तामाङलाई उद्धार गरेर उपचारका लागि काठमाडौँ लगिएको छ ।
हाल उनी धुमबाराहीस्थित ह्याम्स अस्पताल उपचाररत छन् । घटनास्थलको प्रारम्भिक अनुसन्धानका क्रममा स्थानीय १७–१८ जना मानिसहरु मिलेर बिहीबार दिउँसो बस्ती नजिकैको जङ्गलमा सिकार गर्न गएको र सोही समयमा उक्त घटना भएको पाइएको प्रहरी उपरीक्षक रेग्मीले जानकारी दिए । प्रहरीले घटनामा प्रयोग भएको दुई थान भरुवा बन्दुक र मृगको मासु बरामद गरेको जनाएको छ ।
सम्बन्धित















इरान युद्ध : एक नेपालीको निधन, २० जना घाइते र सात पक्राउ
वर्षाले काठमाडौँमा ट्राफिक व्यवस्थापन अस्तव्यस्त
भोलि ईदकाे सार्वजनिक बिदा
वीरगञ्जबाट २० लाख हुण्डी रकमसहित एक जना पक्राउ
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
इरानकाे आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा
खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना
चिनियाँ कम्युनिष्ट पार्टीद्वारा रास्वपालाई बधाई
इला होटल एण्ड रिसोर्टको प्रमुख कार्यकारी अधिकृतमा लक्ष्मण थापा नियुक्त
प्रतिक्रिया