लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु

लुम्बिनी। लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा आजदेखि ‘एमआरआई’सेवा सुरु भएको छ । पश्चिम नेपालकै सबैभन्दा धेरै बिरामीलाई स्वास्थ्य सेवा प्रदान गर्दै आएको यस अस्पतालको ११६औँ स्थापना दिवसमा एमआरआई सेवा सुरुआत गरिएको हो ।
लुम्बिनी प्रदेश सरकारको आर्थिक लगानीमा एमआरआई मेसिन जडानपछि सेवा सञ्चालनमा ल्याइएको हो । सेवाग्राहीको बढ्दो चाप र जनअपेक्षालाई ध्यानमा राख्दै सीमित स्रोत र साधनको अधिकतम प्रयोग गरी सेवा प्रवाहलाई गुणस्तरीय बनाउँदै लगिएको छ ।
एमआरआई सेवाको आज लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले उद्घाटन गरे । उनले लुम्बिनी प्रादेशिक अस्पतालका सेवा थप प्रभावकारी बनाउन प्रतिष्ठानका रूपमा विकास गर्ने गरी पहल भइरहेको बताए । विशिष्ट र विशिष्टीकृत स्वास्थ्य सेवामा नागरिकको पहुँच थप सुनिश्चित गर्न प्रतिष्ठानको अवधारणा अघि सारिएको उनले स्पष्ट पारे ।
मुख्यमन्त्री आचार्यले प्रदेशभित्रै सबै प्रकारका रोगको उपचार सम्भव हुने गरी अस्पतालको सेवा विस्तारलाई प्राथमिकतामा राखिएको बताए । उनले नमूना अस्पतालका रूपमा विकास गर्ने गरी प्रदेश सरकारले काम अघि बढाएको जानकारी दिए ।
प्रदेश सरकारले सेवा विस्तारलाई प्राथमिकता दिएको उल्लेख गर्दै मुख्यमन्त्री आचार्यले सस्तो र सुलभ गुणस्तरीय स्वास्थ्य सेवा पाउने वातावरण बनेको बताए । एमआरआई मेसिन जडान भएपछि सेवाग्राहीले अब सस्तो र सुलभ ढङ्गले सेवा लिन पाउने उहाँले विश्वास व्यक्त गरे ।
एक हजार २०० शय्याको अस्पताल निर्माणको काम अघि बढेको उल्लेख गर्दै मुख्यमन्त्री आचार्यले विगत २१ महिनाको अवधिमा ४० प्रतिशत भौतिक प्रगति भएको र तीन वर्षभित्र सबै सेवा नयाँ भवनबाट सञ्चालन गर्ने योजना रहेको बताए ।
स्वास्थ्यमन्त्री खेमबहादुर सारुले लुम्बिनी प्रादेशिक अस्पताल प्रदेशकै गौरव भएको उल्लेख गर्दै सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउनेगरी काम भइरहेको बताए । कार्यक्रममा बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रा अर्याल, स्वास्थ्य सचिव दुर्गालक्ष्मी श्रेष्ठ, अस्पताल विकास समितिका अध्यक्ष अजयमान श्रेष्ठ, अस्पतालका प्रमुख प्रशासक प्रेमराज गौतमलगायतले अस्पतालको सेवा प्रभावकारी बनाउन सबैको समन्वय र सहकार्य जरुरी रहेको बताए ।
सो अवसरमा अस्पतालका सुपरिटेन्डेन्ट डा इन्द्र ढकालले अस्पतालको प्रगति र भावी योजनाबारे जानकारी दिएका थिए । सो अवसरमा अवकाशप्राप्त कर्मचारीलाई कदरपत्र प्रदान गरी सम्मान गरिएको थियो । साथै २५ वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीलाई दीर्घसेवा पदक प्रदान गरिएको थियो ।
















लुम्बिनीमा आयोजित तेस्रो शान्ति म्याराथन प्रतियोगिताको उपाधि आर्मीका रोकायलाई
हिन्दू र मुस्लिम समुदायबीच तनावपछि कपिलवस्तुको महाराजगञ्ज बर्गदवामा अनिश्चितकालीन निषेधाज्ञा जारी
सुरेन्द्र पाण्डेको टिप्पणी- कार्यशैली परिवर्तन नगरे अर्को चुनावपछि एमाले स्कुटरमा अट्ने बन्छ
नासाको ‘ओरियन’ रकेट फेरी प्रक्षेपण स्थलमा
कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै आज पनि प्रदर्शन
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
इरानको आणविक भट्टीमा भएको आक्रमण अस्वीकार्य’ : रुस
प्रधानसेनापति सिग्देलले पूर्वप्रधान सेनापतिहरूसँग गरे छलफल
प्रतिक्रिया