अमेरिकाले वास्तविकतामा युद्ध हारिरहेछ – इरान

इरानका विदेशमन्त्री अबास अराघचीले अमेरिकाकाे युद्ध सम्बन्धी दबीहरू ‘वास्तविकताबाट अलग’ भएको भन्दै अमेरीकाले वास्तविकतामा युद्ध हारिरहेकाे दावी गरेका छन् ।
विदेशमन्त्रीअराघचीले इरानको हवाई प्रतिरक्षा र नौसेनामा ठूलो विनाश गरेकाे अमेरिकी दाबीहरूलाई अस्वीकार गरेका छन् र त्यस्ता सन्देशहरू “वास्तविकता भन्दा फरक” रहेको बताएका छन्।
“अमेरिकी सरकारले एउटा कुरा भन्छ, वास्तविकताले अर्को कुरा भन्छ,” अराघचीले एक पोस्टमा लेखे। “अमेरिकी अधिकारीहरूले इरानको हवाई प्रतिरक्षा सकिएको दाबी गरे तर उल्टाे अमेरिकी F-35 विमानमा प्रहार भयाे । जब तिनीहरूले इरानको नौसेना समाप्त भएको घोषणा गर्छन्, उल्टाे युएसएसआर गेराल्ड फोर्ड पछि हट्छ, र युएसएस अब्राहम लिंकन टाढा जान्छ।”
उनले १९६० र ७० को दशकमा भियतनाम युद्धको चित्रणसँग अमेरिकाको युद्ध उपलब्धिहरूको फ्रेमिङको तुलना गरे। “फरक दशक, एउटै ‘हामी जित्दैछौं,'” उनले लेखेका छन् ।
https://x.com/araghchi/status/2035002059515470344?
















संयुक्त राष्ट्रसङ्घ मध्यपूर्वमा तनाव कम गर्ने प्रयासको समर्थन गर्न तयार : महासचिव गुटेरेस
अमेरिकाद्वारा इरानी तेल बिक्रीको लागि ३० दिनको अस्थायी अनुमति जारी
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
नेपालगञ्जमा इद उल फित्र मनाइयो
कर्णाली प्रदेशमा ट्राफिक कारबाहीबाट १३ लाख राजस्व सङ्कलन
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
इरानको आणविक भट्टीमा भएको आक्रमण अस्वीकार्य’ : रुस
प्रधानसेनापति सिग्देलले पूर्वप्रधान सेनापतिहरूसँग गरे छलफल
प्रतिक्रिया