राप्ती नदीमा अनुमतिविना माछा मार्ने पक्राउ

चितवन। चितवन राष्ट्रिय निकुञ्जले विभिन्न मुद्दाका गत साउनदेखि हालसम्म १२८ जनालाई पक्राउ गरेको छ ।
निकुञ्जका सूचना अधिकारी अविनास थापामगरका अनुसार पक्राउ पर्नेमा सबैभन्दा धेरै अवैध रूपमा माछा मार्ने रहेका छन् । निकुञ्जले राप्ती नदीमा अवैध रूपमा माछा मार्ने ७० जनालाई पक्राउ गरी कारबाही गरेको हो ।
यस्तै गैँडा मुद्दाका तीन, सालक मुद्दाका पाँच, निउरो टिप्ने ११, अवैध रूपमा घाँस दाउरा गर्ने ३० जना, पन्छी मार्ने एक जना, बिनाअनुमति राष्ट्रिय निकुञ्ज प्रवेश गर्ने चार र अन्य चार जनालाई पक्राउ गरी कारबाही गरिएको हो ।
यस अवधिमा कार्यालयले विभिन्न चार किसिमका मुद्दा अदातलमा दर्ता गराएको छ । सालकसम्बन्धी मुद्दा दुई, सवारीसाधनको ठक्करबाट गैँडा घाइते मुद्दा एउटा, गैँडालाई करेन्ट लगाएर मारेको एउटा मुद्दा अदातलमा दर्ता गरेको उनले जानकारी दिए ।
निकुञ्जले यस आर्थिक वर्षमा नौवटा मुद्दा फैसला गरेको छ । उनका अनुसार गत आर्थिक वर्षबाट जिम्मेवारी सरिआएका २६ र यस वर्ष दर्ता भएको एउटा मुद्दामध्ये नौवटाको फैसला भएको छ । अहिले १८ मुद्दा चालु अवस्थामा छ । चालु अवस्थामा रहेका मुद्दामध्ये सातवटा वनसम्बन्धी मुद्दा र ११ वटा मुद्दा वन्यजन्तुसँग सम्बन्धित छन् ।
















मौसम पूर्वानुमानमा नयाँ उपलब्धिः चीनले सार्वजनिक गर्यो उपग्रह तस्बिर
धुरन्धर – २ ले तीन दिनमा कति कमायाे ?
अमेरिकी–इरानी तनावः ट्रम्पले दिए ४८ घण्टे अल्टिमेटम
बेमौसमी वर्षाका कारण नौ करोड बराबरको काँचो इँटामा क्षति
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु
चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने बालेनको तयारी
ज्ञानेन्द्र शाही बने राप्रपा संसदीय दलको नेता
बुवा मजदुरी गर्न साउदी, नेपालमा छोरी सांसद
प्रतिक्रिया