मंगलबार, चैत १०, २०८२

एभरेष्ट बैंकद्वारा नयाँ वर्ष २०८३ सालको कर्पोरेट क्यालेन्डर सार्वजनिक

मेरोन्यूज २०८२ चैत ८ गते १२:४५

काठमाडाैं । एभरेष्ट बैंकले नयाँ वर्ष २०८३ सालको कर्पोरेट क्यालेन्डर सार्वजनिक गरेको छ ।

Advertisement
nepal life insurencenepal life insurence

बैंकले लामो समयदेखि नेपालको धर्म, संस्कृति, पर्यटन तथा पुरातात्विक महत्वका विषयवस्तुहरूलाई समेटेर आफ्नो कर्पोरेट क्यालेन्डर प्रकाशन गर्दै आएको छ । यसै कार्यक्रम अन्तर्गत बैंकले शुक्रबार आउँदै गरेको २०८३ सालको नयाँ क्यालेन्डर सार्वजनिक गरेको हो ।

यस वर्षको क्यालेन्डरमा उन्नाइसौँ शताब्दीको मध्यदेखि सुरु भएको र महादेशीय दृष्टिकोणले समेत महत्त्वपूर्ण मानिने ‘नेपालको विकास यात्राः नवप्रवर्तनका आयामहरू’ लाई मुख्य विषयवस्तुका रूपमा प्रस्तुत गरिएको बैंकले जनाएको छ ।

एक विशेष समारोहकाबीच बैंकको सञ्चालक समितिका अध्यक्ष डा. बालगोपाल वैद्यले २०८३ सालको क्यालेन्डर सार्वजनिक गरे । उक्त समारोहमा बैंकका सञ्चालकहरू लगायत अन्य उच्च पदस्थ अधिकारीहरूको उपस्थिति थियो ।

प्रतिक्रिया