कांग्रेस विवाद ब्युँतियो : छुट्टै केन्द्रीय समिति बैठक बोलाउने देउवा समुहकाे निर्णय
मेरोन्यूज
२०८२ चैत ८ गते १४:४३

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा समूहले छुट्टै केन्द्रीय कार्यसमिति बैठक बोलाउने भएको छ ।
धुम्बाराहीस्थित एक होटलमा आइतबार बसेको बैठकले केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेको हाे । बैठकमा पार्टीको आगामी कार्यनीतिको बारेमा छलफल गरिने बुझिएको छ ।
अघिल्लो केन्द्रीय समितिले कारबाही गरेका दुई नेता गगन थापा र विश्वप्रकाश शर्मालाई भने बैठकमा नबोलाइने बैठकमा सहभागी एक नेताले जानकारी दिए ।
गत पुसमा विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा कांग्रेसमा नयाँ समिति चयन भएको थियो । उक्त समिति अस्वीकार गरेको देउवा र कोइराला समूहले सर्वोच्च अदालतमा हालेको रिट विचाराधीन छ।
निर्वाचन आयोगले भने थापाको नेतृत्वलाई पार्टीको आधिकारिकता दिइसकेको छ।
सम्बन्धित
















प्रधानमन्त्री सुशीला कार्की र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता
चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत अभिलेख ‘डिजिटलाइजेशन’ गरियो
इरानकाे धम्की : हाम्रा आणविक केन्द्रमा आक्रमण भए ति पुनर्निर्माण सम्पन्न नभएसम्म हर्मोजकाे मार्ग खोलिने छैन
सभापति गगन थापाको राजीनामा कांग्रेसद्वारा अस्वीकार
निषेधित क्षेत्रमा पदयात्राबारे अध्यागमन विभागद्वारा सूचना जारी
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
रास्वपाले संसदीय दलको नेताका लागि निर्वाचन नगर्ने
सुनचाँदीकोे मूल्य निरन्तर ओरालोतिर, आज कतिमा काराेबार हुँदैछ ?
पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव: देशका विभिन्न भागमा बदली, वर्षा र हिमपातको सम्भावना
प्रतिक्रिया