इनिशा विक मृत्यु प्रकरण : अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाइयो

काठमाडाैं । जिल्ला प्रहरी कार्यालय सुर्खेतले इनिशा विक मृत्यु प्रकरणको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको छ । इनिशाको मृत्यु भएको १९ दिनपछि जिल्ला प्रहरी कार्यालय, सुर्खेतले अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको हो।
वीरेन्द्रनगर नगरपालिका–१ निवासी इनिशा गत २३ फागुनमा वीरेन्द्रनगर–४ स्थित जनजागरण सामुदायिक वनमा अचेत अवस्थामा फेला परेकी थिइन् । प्रहरीले उनलाई तत्काल कर्णाली प्रदेश अस्पताल पुर्याएको भए पनि अस्पतालले मृत घोषणा गरेको थियो ।
प्रहरीले घटनास्थलबाट एक १६ वर्षीय किशोरलाई गिरफ्तार गरी अनुसन्धान थालेको थियो । पक्राउ परेका ती किशोरले इनिशासँग शारीरिक सम्पर्कपछि भएको अत्याधिक रक्तश्रापका कारण बेहोस भएको बयान दिएका छन् ।
पोस्टमार्टम रिपोर्टमा यौनांगको भित्री भागमा लागेको गहिरो चोटका कारण अत्यधिक रक्तश्राव भएको देखाइएको छ । घटनामा संलग्न अन्य भएको आराेपमा अन्य तीन जनालाई पनि पक्राउ गरी प्रहरीले अनुसन्धान थालेको थियो ।
इनिशाका आफन्तले सामूहिक बलात्कारपछि हत्या भएको भन्दै विरोध जनाएपछि घटनाको अनुसन्धानमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)समेत खटिएको थियो ।
१९ दिनदेखि इनिशाको शव कर्णाली प्रदेश अस्पतालको शवगृहमा राखिएको छ । पीडित परिवारले घटनामा संलग्नहरूमाथि कारबाही नहुञ्जेल शव नबुझ्ने अडान लिएका छन् ।















जेनजी आन्दोलन : यस्तो छ जाँचबुझ आयोगको प्रतिवेदन (पूर्णपाठ)
पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर १५ रुपैयाँले मुल्य बढ्यो
तीन महिनाका लागि एन्फा निलम्वन
सिरहा हत्या प्रकरण : ५४ दिनमा पनि पत्ता लागेन दोषी
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
ट्रम्पको दाबी खारेज गर्दै इरानले भन्यो- ‘कुनै वार्ता र सहमती भएको छैन’
भुटानमाथि नेपालको २–१ को जित
नेपाली प्रविधिमा आधारित ‘ल बसम’ राइड सेयरिङ एप सार्वजनिक
प्रतिक्रिया