शेष अफरसहित साओमी १७ अल्ट्राको प्रि–अर्डर सुरु

काठमाडौं । विश्वको अग्रणी प्रविधि ब्रान्ड साओमीले आफ्नो उत्कृष्ट प्रदर्शन गर्ने मोबाइलमध्ये एक साओमी १७ अल्ट्राको प्रि–अर्डर औपचारिक रूपमा नेपालमा सुरु भएको घोषणा गरेको छ । अल्ट्रा, पातलो डिजाइन, उच्च कार्यक्षमता र उत्कृष्ट प्रदर्शनका लागि परिचित यो फोन आफ्नो श्रेणीमा अत्यन्तै मन पराइनेमध्ये एक हो ।
यस प्रि–अर्डर अवधिमा ग्राहकहरूले साओमी १७ अल्ट्रा १६ जिबी + ५१२ जिबी भेरियन्टका लागि उपलब्ध तीन विशेष अफरहरूमध्ये कुनै एक रोज्न सक्नेछन् ।
- रू.१०,००० तत्कालै क्यासब्याक वा
- साओमी वाच एस ४ (४१ एमएम) मात्र रु. २४,९९९ (वास्तविक मूल्य रु ३९९९९) वा
- साओमी बड्स ५ फ्रि (वास्तविक मूल्य १५,९९९)
साओमी १७ अल्ट्रा किन्ने ग्राहकहरूले बिक्री पछि विशेष सुविधाहरू प्राप्त गर्नेछन् । यस योजनाअन्तर्गत फोन खरिद गरेको पहिलो ६ महिनासम्म एक पटक निःशुल्क स्क्रिन फेर्न पाइने सुविधा प्राप्त गर्ने छन् भने नियमित १२ महिनाको वारेन्टीमा ६ महिना थप गरी कुल १८ महिनाको वारेन्टी सुविधा पनि पाउने छन् । यसका साथै वारेन्टी सकिएपछि गरिने मर्मतमा पनि २४ महिनासम्म कुनै सेवा शुल्क लाग्ने छैन ।
साओमी १७ अल्ट्रा कालो, सेतो र स्टारलाइट तीनवटा आकर्षक रङमा उपलब्ध छ । यो आफ्नो श्रेणाीमा सबैभन्दा पातलो र हल्का डिभाइसमध्ये एक हो, जसले लामो समयसम्म आरामदायी र उत्कृष्ट अनुभव प्रदान गर्छ । लाइका ( Leica) सँगको सहकार्यमा विकसित यो डिभाइसले उत्कृष्ट फोटो र भिडियो खिच्ने क्षमता राख्छ ।
साओमी १७ अल्ट्रामा रहेका फ्ल्यागशिप लाइका–इन्च अल्ट्रा डाइनामिक क्यामेरामा नयाँ लाइट फ्युजन १०५०L इमेज सेन्सर र लोफिक एचडिआर टेक्नोलोजी प्रयोग गरिएको छ । यसमा लाइका २०० एमपी टेलिफोटो क्यामेरा जडान गरिएको छ । जसमा अत्याधुनिक ७५–१०० एमएम मेकानिकल अप्टिकल जुम पनि सपोर्ट गर्दछ ।
डिभाइसमा ६००० एमएएच क्षमताको साओमी सर्ज ब्याट्री छ । जसले ९० वाट हाइपरचार्ज र ५० वाट वायरलेस हाइपरचार्ज सपोर्ट गर्नेछ । यसले लामो समयसम्म टिक्ने क्षमता राख्दछ ।
आइपी ६८ स्प्ल्यास तथा डस्ट रेसिस्टेन्स र साओमी शिल्ड ग्लास ३.० ले डिभाइसलाई सबै तिरबाट सुरक्षा प्रदान गर्नुका साथै बलियो रेसिस्टेन्स सुनिश्चित गर्ने काम गर्छ । यससँगै साओमी १७ अल्ट्राले धेरैजसो अवस्थामा ३५०० निट पीक ब्राइटनेस दिन्छ र डिसी डिमिङ फिचरले आँखालाई थाक्न दिँदैन ।
त्यस्तै साओमी प्याड ८ मा पनि क्यासब्याक र बन्डलिङ अफरहरू उपलब्ध गराइएको थियो । तर सोचेभन्दा अत्यधिक प्रि–बुकिङ भएपछि खुला गरिरएको केही घण्टामै प्रि–अर्डर अफर बन्द गरिएको हो ।
साओमी १७ अल्ट्रा १६ जिबी + ५१२ जिबीको मूल्य रु १,९९,९९९ तोकिएको छ भने यसको प्रि–अर्डर अफर २५ मार्चदेखि ३१ मार्चसम्म मात्र लागू हुने कम्पनीले जनाएको छ ।
















प्रधानमन्त्रीको शपथअघि बालेनले ल्याए नयाँ गीत ‘जय महाकाली’
कर्मचारी सञ्चय कोष र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबीच सेवा प्रयोग गर्ने सम्झौता
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
‘गाईको बारेमा लेख भन्दा गधाको निबन्ध लेखेजस्तो भयो जाँचबुझ आयोगको प्रतिवेदन’
युद्धबारे वार्तामा गम्भीर हुन इरानलाई ट्रम्पको सुझाव
बक्स अफिसमा तहल्का मच्चाउँदै धुरन्धर २, अहिलेसम्मकाे कमाइ कति ?
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
मिथिलामा आज अस्ताउँदो सूर्यलाई अर्घ दिँदै चैती छठ पर्व मनाइँदै
चैत १० गते मंगलबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया