टेनिस टोली श्रीलंका प्रस्थान
मेरोन्यूज
२०८२ चैत १२ गते १५:४७

काठमाडौं। आईटीएफ डेभ्लोप्मेन्ट च्याम्पियनसिप (फाइनल) मा सहभागी हुन नेपाली टेनिस टोली बिहीबार श्रीलंकाको कोलम्बो प्रस्थान गरेको छ ।
मार्च २९ देखि अप्रिल १० तारिखसम्म हुने प्रतियोगितामा सर्किट १ र २ गरी छुट्टाछुट्टै प्रतिस्पर्धा हुनेछ । दुवैमा नेपालको सहभागिता रहने छ ।
ब्वाइजमा विश्वविशेष डल्लाकोटी र अर्याशराज पौडेल तथा महिलामा सारा पन्त र एरा खत्रीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । प्रशिक्षकमा सन्तोष खत्री छन् । सन्तोष श्रीलंकामै छन् ।
प्रतियोगितामा एसियाका १५ राष्ट्रको सहभागिता रहने नेपाल टेनिस संघले जनाएको छ । टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रामचरित्र मेहताले बिहीबारै एक कार्यक्रमबीच बिदाइ गरे ।
सम्बन्धित
















डोटीमा घाँटीमा मासु अड्किँदा डोटीमा एक जनाको मृत्यु
नेपाली शान्ति सैनिकको अदलीबदली
दाङमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु
चैत्र शुक्ल नवमी : आज विधिपूर्वक रामनवमी पर्व मनाइँदै
बक्स अफिसमा तहल्का मच्चाउँदै धुरन्धर २, अहिलेसम्मकाे कमाइ कति ?
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
नवनिर्वाचित सांसद गजुरेल र शर्मालाई नेपाल अटोमोबाइल्स एसोसिएसनको शुभकामना
प्रतिक्रिया