‘गाईको बारेमा लेख भन्दा गधाको निबन्ध लेखेजस्तो भयो जाँचबुझ आयोगको प्रतिवेदन’

संविधानविद् डा. भिमार्जुन आचार्यले भदौ २३ र २४ गतेको घटना बारे जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक भएसँगै त्यसप्रति तिव्र असन्तुष्टी जनाएका छन् ।
संविधानविद् डा. भिमार्जुन आचार्यले पनि बिहीबार साँझ प्रतिवेदनमाथी टिप्पणी गर्दै उनले उक्त प्रतिवेदन गाईको बारेमा लेख्न भनिएकोमा ‘लद्दु विद्यार्थोले चार ओटा खुट्टा त मिल्छ नि भनेर गधाको बारेमा लेखेजस्तो’ भएको सामाजिक सञ्जालमार्फत उल्लेख गरेका छन्।
भदौ २३ र २४ को त्यति संवेदनशील अपराध र देशद्रोहलाई पुरै विषयान्तर गरी त्यो केही पनि होइन र त्यस दिन खास केही भएकै थिएन जस्तरी प्रतिवेदन आयोगले बनाएकाे उनकाे टिप्पणी छ ।
उक्त घटनाका योजनाकार र संलग्नहरूको चाहना यस्तै भएको र त्यो पूरा भएको आचार्यको दाबी छ।
आचार्यले लेखेका छन्, – गाईको बारेमा निवन्ध लेख्न भनेकोमा लद्दु विद्यार्थोले चार ओटा खुट्टा त मिल्छ नि भनेर गधाको निवन्ध लेखेर कपी बुझाए जस्तो भयो जाॅंचबुझ आयोगको प्रतिवेदन । भदौ २३ र २४ को त्यति संवेदनशील अपराध र देशद्रोहलाई पुरै विषयान्तर गरी त्यो केही पनि होइन र त्यस दिन खास केही भएकै थिएन जस्तरी प्रतिवेदन बनाउन आयोग सफल भयो । उक्त घटनाका योजनाकार र संलग्नहरूको चाहना यही थियो, शायद पुरा भयो । देश अझैं देश जस्तो हुन सकेन । जनताको करबाट पालिने राज्यका पदाधिकारी देश र जनता भन्दा अरूका सेवक जस्ता भए र देखिए ।’ https://www.facebook.com/share/p/1CDJJeQTCT/
















मिथिलामा रामजन्मोत्सव धुमधामका साथ मनाइँदै
डोटीमा घाँटीमा मासु अड्किँदा डोटीमा एक जनाको मृत्यु
नेपाली शान्ति सैनिकको अदलीबदली
दाङमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु
चैत्र शुक्ल नवमी : आज विधिपूर्वक रामनवमी पर्व मनाइँदै
बक्स अफिसमा तहल्का मच्चाउँदै धुरन्धर २, अहिलेसम्मकाे कमाइ कति ?
ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
नवनिर्वाचित सांसद गजुरेल र शर्मालाई नेपाल अटोमोबाइल्स एसोसिएसनको शुभकामना
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
प्रतिक्रिया