राष्ट्रपति भण्डारीद्वारा नागरिकता सम्बन्धि अध्यादेश जारी
मेरोन्यूज
२०७८ जेठ ९ गते १६:५५

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता सम्बन्धि अध्यादेश जारी गरेकी छिन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले नेपालको संविधानको धारा ११४ को उपधारा १ अनुसार नेपाल नागरिकता (पहिलो संसोधन) अध्यादेश, २०७८ जारी गरेकी हुन् ।
सरकारले जन्मसिद्ध नागरिकता पाएका सन्तानलाई वंशजको नागरिकता दिने गरी अध्यादेश जारी गरेको हो । हाल जन्मको आधारमा नागरिकता पाएका सन्तानले वंशजको नागरिकता पाउने व्यवस्था छैन । मधेसको माग सम्बोधन गर्न सरकारले नागरिकतासम्बन्धी अध्यादेश मन्त्रिपरिषदबाट पारित गरेको थियो ।
नागरिकतासम्बन्धी विधेयक प्रतिनिधि सभामा २ वर्षदेखि छलफलको क्रममा रहेको थियो । सरकारले प्रतिनिधि सभाको विघटन गरेपछि अध्यादेशको रुपमा नागरिकता ऐन ल्याएको हो ।

सम्बन्धित
















वरिष्ठ कलाकार थापाको अन्तिम दाहसंस्कार पशुपति आर्यघाटमा
राउटेले बनाएका भाँडा किन्नेभन्दा फोटो खिच्ने धेरै
रुसी जनरलमाथि गोली हान्ने संदिग्ध व्यक्ति दुबईबाट पक्राउ
अभिनेता सुनील थापाको पशुपति आर्यघाटमा अन्त्येष्टि
आज कति छ सुनको भाउ ?
किन आए भारतबाट एसएसबीका पाँच डिआइजी बिराटनगरमा ?
कक्षा ६ का छात्रालाई क्यान्सर विरुद्धको खोप आइतबारदेखि
कस्ताे रहला आज देशभरकाे माैसम ?
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
प्रतिक्रिया