चितवनमा‘पिक एप्स’बाट आँखा परीक्षण गरिँदै

चितवन। माडी नगरपालिकामा रहेका स्वास्थ्य संस्थामा ‘मोबाइल एप्स’बाट आँखा परीक्षण गरिने भएको छ । भरतपुर आँखा अस्पतालले नेपाल नेत्रज्योति सङ्घ केन्द्रको समन्वयमा माडी नगरपालिकाका– १० स्वास्थ्य केन्द्रमा आँखा परीक्षण गर्न लागेको हो । पोर्टेबल आई एक्जामिनेशन किट ९पिक एप्स०को प्रयोग गरेर आँखा परीक्षण गरिने छ ।
नेपाल नेत्रज्योति सङ्घद्वारा सञ्चालित विराटनगर आँखा अस्पताल र सगरमाथा चौधरी आँखा अस्पतालले स्थानीय तहसँगको समन्वयमा सफलतापूर्वक गरिरहेको यो प्रविधि गर्न लागिएको हो । भरतपुर आँखा अस्पतालका सूचना अधिकारी रमेश घिमिरेका अनुसार विराटनगर आँखा अस्पताल र सगरमाथा चौधरी आँखा अस्पताललमा सफलतापूर्वक रोग पहिचान भएपछि यहाँ पनि यो प्रविधिको प्रयोग गर्न लागिएको हो ।
नगरपालिकासँग सहकार्य गरेर त्यहाँका प्राविधिकलाई यही चैत महिनाको २३ र २४ गते तालिम दिन लागिएको छ । एउटा स्वास्थ्य केन्द्रबाट दुई जना र महानगरको स्वास्थ्य विभागका तीन जनालाई भरतपुर आँखा अस्पतालमा तालिम दिइँदैछ ।
केन्याले विकास गरेको ‘मोबाइल एप्स’मार्फत आँखाको परीक्षण गरिने घिमिरेले बताए । स्वास्थ्य केन्द्रलाई एप्स जडित मोबाइल उपलब्ध गराइनेछ ।
केन्द्रमा अन्य उपचारका लागि आएका बिरामीको टचलाइट र मोबाइलका माध्यमबाट परीक्षण गरिनेछ । आँखाको अवस्थाकाबारेमा सो एप्सले सम्बन्धित बिरामी, त्यहाँको स्वास्थ्य केन्द्र र भरतपुर आँखा अस्पतालको मोबाइलमा सूचना जानेछ ।
त्यही आधारमा बिरामीले आँखाको अवस्थालाई हेरेर थप उपचार गर्नुपर्ने वा नपर्ने निक्र्योल गर्नेछन् । थप उपचार चाहिएमा जानुपर्ने ठाउँ एसएमएसमार्फत जानकारी गराइनेछ । एसएमएस हेरेर प्राविधिकले सुझाव दिनेछन् ।
नेपाल नेत्रज्योति सङ्घ चितवनले भरतपुर आँखा अस्पताल सञ्चालन गरेको हो । सङ्घका अध्यक्ष जयराम श्रेष्ठका अनुसार पहिलो चरणमा माडीमा यो कार्यक्रम सुरु गरिनेछ । त्यसपछि कालिका नगरपालिकासँग सहकार्य गरेर यही एप्समार्फत विद्यालयका विद्यार्थीको आँखा परीक्षण गरिनेछ ।
सोपश्चात् नवलपरासी बर्दघाट–सुस्तापूर्वको बौदिकाली गाउँपालिकामा घरघरमा गएर आँखा परीक्षण गर्ने कार्यक्रम रहेको छ । यसरी आँखा परीक्षण गर्दा समयमा आमनागरिकले आँखाको उपचार पाउने उहाँको भनाइ छ । आँखामा समस्या नभएसम्म उपचार नगर्ने परिपाटी रहेको भन्दै उहाँले यसबाट आँखाका बिरामीको खोजी गरिने बताउनुभयो । समयमा नै बिरामी पहचिान भएमा राम्रो उपचार पाउने, खर्च कम लाग्ने र जोखिम घट्ने उनको भनाइ छ ।
यसैबीच, आज ४८औँ नेपाल नेत्रज्योति सङ्घ दिवसका अवसरमा बिहान भरतपुर आँखा अस्पतालमा शल्यक्रिया गरेर बसेका बिरामीलाई फलफूल वितरण गरिएको छ ।
दिउँसो भरतपुर कारागार कार्यालयमा आँखा जाँच गरिँदैछ । आँखा अस्पतालले नौ वटा जिल्लामा २० वटा आँखा उपचार केन्द्र, दुई सर्जिकल सेन्टर, दुई वटा सेकेण्डरी अस्पताल, एउटा सिटी क्लिनिक सञ्चालन गरेको छ । साथै वरपरका थप पाँच जिल्लामा शिविरहरु सञ्चालन गर्ने गरेको छ । वार्षिक रुपमा तीन लाख हाराहारीलाई बहिरङ सेवा र १२ हजारभन्दा बढीको शल्यक्रिया गर्दै आएको छ ।
















विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
यस्ता छन् बालेन सरकारको शासकीय सुधारका सय कार्यसूची
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
काठमाडौँमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
जलेर नष्ट भएका तेह्र हजार बढी लालपुर्जाको स्रेस्ता कायम
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
नेप्सेद्वारा मार्जिन कारोबार कार्यप्रक्रिया लागू
प्रतिक्रिया