दीपक मनाङेले लिए मन्त्री पदको शपथ
मेरोन्यूज
२०७८ जेठ ९ गते १६:५८

काठमाडौँ । गण्डकी प्रदेशका नवनियुक्त युवा तथा खेलकूद मन्त्री राजीव गुरुङ उर्फ दीपक मनाङेले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख सीताकुमारी पौडेलले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङका उपस्थितिमा उनलाई शपथ गराएकी हुन् ।
प्रदेश प्रमुखको सरकारी निवासमा आयोजित शपथ ग्रहण समारोहमा उपसभामुख सिर्जना शर्मा, प्रदेश सरकारका मन्त्री, प्रदेशसभा सदस्य तथा सरकारी उच्चपदस्थ अधिकारीको उपस्थिति थियो ।
मनाङे गत जेठ ५ गते गराइएको शपथ ग्रहण समारोहमा काठमाडौँमा भएकाले उपस्थित हुन सकेका थिएनन् । नेकपा (एमाले)का समर्थनमा मनाङको प्रदेश (ख)बाट स्वतन्त्र उम्मेदवारका रुपमा निर्वाचित उनी यसअघि प्रदेश सरकारमा १० दिन युवा तथा खेलकूद मन्त्री भएका थिए ।
सम्बन्धित


















लेबनान र इजरायलबिच १० दिने युद्धविराम
आज केही स्थानमा वर्षा र हिमपात, तराईमा गर्मी
बिस्केट जात्राको इतिहासमै पहिलोपटक महिलाले ताने नकिजु अजिमा (भद्रकाली)को रथ
आज मातृ सम्मान दिवस अर्थात् आमाको मुख हेर्ने पर्व मनाइँदै
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
रवि लामिछानेले भने- खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस्
इरानको ‘आणविक’ विषयमा अमेरिका केन्द्रीत हुँदा इजरायलको चिन्ता ‘ब्यालिस्टिक क्षेप्यास्त्र’
राष्ट्रियसभाका अध्यक्ष दाहाल टर्की प्रस्थान
अमेरिकी नाकाबन्दीका बावजुद इरानका जहाजहरू होर्मुज स्ट्रेट पार गर्दै
अमेरिका–इरान वार्तामा गति, पाकिस्तानको नयाँ प्रस्ताव
प्रतिक्रिया