आर्थिक सङ्कटबीच पाकिस्तानलाई आईएमएफको नयाँ सहयोग

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले शुक्रबार पाकिस्तानसँग १ अर्ब २० करोड अमेरिकी डलर बराबरको नयाँ सहायता प्याकेज खुलाउने विषयमा कर्मचारी–स्तरको सहमति गरेको घोषणा गरेको छ ।
दक्षिण एशियाली राष्ट्र पाकिस्तान अर्जेन्टिना र युक्रेनपछि आईएमएफको सबैभन्दा ठूलो ऋणीमध्ये एक हो ।
आईएमएफले एक विज्ञप्तिमा पाकिस्तान सरकारको ‘हालै प्राप्त व्यापक आर्थिक तथा वित्तीय स्थिरतालाई जोगाउन सुदृढ र सावधानीपूर्ण आर्थिक नीतिहरू अवलम्बन गर्ने प्रतिबद्धता, साथै आर्थिक वृद्धि तीव्र बनाउन संरचनात्मक सुधारलाई गहिरो बनाउने र अस्थिर ऊर्जा मूल्यका कारण कमजोर वर्गमा पर्ने प्रभाव कम गर्न सामाजिक सुरक्षालाई सुदृढ गर्ने’ प्रयासको प्रशंसा गरेको छ ।
आईएमएफका अनुसार उक्त रकम वितरण कार्यकारी बोर्डको स्वीकृतिमा निर्भर रहनेछ ।
यो सहमति स्वीकृत भएमा पाकिस्तानले एक्सटेन्डेड फन्ड फेसिलिटी अन्तर्गत १ अर्ब डलर र रेजिलिएन्स तथा सस्टेनेबिलिटी फेसिलिटी अन्तर्गत करिब २१ करोड डलर प्राप्त गर्नेछ ।
















अमेरिकाद्वारा इरानमा जमिनमा आधारित सैन्य कारबाहीको तयारी -रिपाेर्ट
आज केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
बिपी राजमार्गमा सवारी सञ्चालनमा रोक
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
नेप्सेद्वारा मार्जिन कारोबार कार्यप्रक्रिया लागू
जलेर नष्ट भएका तेह्र हजार बढी लालपुर्जाको स्रेस्ता कायम
प्रतिक्रिया