ग्रीसको समुन्द्री तटमा फसेको डुङ्गामा ६ दिन पछि २२ जना आप्रवासीको मृत्यु

ग्रीसको समुन्द्री तटमा एउटा डुङ्गामा फसेको छ दिन पछि २२ जना आप्रवासीको मृत्यु भएको डुङ्गामा जीवित रहेका व्यक्तिहरूलाई उदृत गर्दै शनिबार ग्रीक तटरक्षकले बताएका छन् ।
यस अघि शुक्रबार राति तटरक्षकले एक महिला र एक नाबालिकासहित २६ जनालाई युरोपेली सीमा एजेन्सीको जहाजले क्रेटबाट उद्धार गरेको बताएको छ । जिवित मानिसहरूले मृतकहरुको शव समुद्रमा फ्याँकिएको बताएका छन् ।
दुईजना घाइते व्यक्तिहरूलाई क्रेटको हेराक्लिओनको अस्पतालमा लगिएको तटरक्षकले जनाएका छन् ।
जिवित व्यक्तिहरूको बयानको आधारमा, तटरक्षकले डुङ्गा गत मार्च –२१ मा पूर्वी लिबियाको बन्दरगाह शहर टोब्रुकबाट ग्रीसको लागि प्रस्थान गरेको बताएका थिए । जुन युरोपेली सङ्घमा शरण खोज्ने धेरै आप्रवासीहरूको प्रवेशद्वार भएको जनााइएको छ ।
यात्राको क्रममा डुङ्गामा सवार यात्रुहरूले छ दिन सम्म खाना र पानीको अभावमा समुद्रीतटमा ज्यान गुमाएको तटरक्षकले बताएका छन् ।
मृत्युकको शवहरू एकजना तस्करको आदेशमा समुद्रमा फ्याँकिएको बताइएको छ भने, ग्रीक अधिकारीहरूले १९ र २२ वर्षका दुई दक्षिण सुडानी पुरुषहरूलाई तस्करको आरोपमा पक्राउ गरेका छन् ।
















एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
काठमाडौँमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
आज पनि काठमाडौँसहित देशका अधिकांश स्थानमा वर्षा
‘असमानता प्रतिवेदन २०२६’ सार्वजनिक
कांग्रेसकाे देउवा समूहले ओली र लेखक पक्राउको संवैधानिक र राजनीतिक प्रतिवाद गर्ने
जेनजी आन्दोलन : यस्तो छ जाँचबुझ आयोगको प्रतिवेदन (पूर्णपाठ)
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
दलको नेता बन्ने प्रस्ताव आए खुट्टा कमाउँदिनँ : सुहाङ नेम्वाङ
जलेर नष्ट भएका तेह्र हजार बढी लालपुर्जाको स्रेस्ता कायम
प्रतिक्रिया