अमेरिकाद्वारा इरानमा जमिनमा आधारित सैन्य कारबाहीको तयारी -रिपाेर्ट

अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन) ले इरानमा हप्तौंसम्म चल्ने जमिनमा आधारित सैन्य कारबाहीका लागि सम्भावित योजनाहरू तयार गरिरहेको खुलासा भएकाे छ।
‘द वासिङ्टन पोस्ट’ ले गाेप्य अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै सार्वजनिक गरेको यस रिपोर्ट अनुसार, यदि राष्ट्रपति डोनाल्ड ट्रम्पले अनुमति दिएमा यो युद्धको एक नयाँ र अत्यन्तै खतरनाक चरण हुनेछ ।
पेन्टागनले तयार पारेको योजना अनुसार याे कुनै “पूर्ण-स्तरको आक्रमण” नभइ बरु, यो निश्चित उद्देश्यका साथ गरिने “छापामार शैली” को कारबाही हुनेछ। यसमा अमेरिकी विशेष सैन्य बल र “परम्परागत पैदल सेना” का सैनिकहरू सामेल हुनेछन्।
अधिकारीहरूका अनुसार यी कारबाहीहरूको तीन मुख्य लक्ष्य रहेका छन् । एक इरानको ९० प्रतिशत तेल निर्यात हुने रणनीतिक खार्ग टापुलाई कब्जा गर्ने वा त्यहाँका सैन्य पूर्वाधार नष्ट गर्ने।
दाेस्राे होर्मुज जलमार्ग नजिकै रहेका इरानी मिसाइल र ड्रोन प्रक्षेपण स्थलहरूलाई नष्ट गर्ने ताकि व्यावसायिक जहाजहरूको आवतजावत सुरक्षित होस् । र तेस्राे इरानको संवर्धित युरेनियम र अन्य आणविक सुविधाहरूलाई सुरक्षित गर्ने वा नष्ट गर्ने।
यो रिपोर्ट यस्तो समयमा आएको छ जब अमेरिकी सेनाले मध्यपूर्वमा आफ्नो उपस्थिति व्यापक बनाउँदै लगेको छ। शनिबार अमेरिकी सेन्ट्रल कमाण्डले घोषणा गरेअनुसार, ३१ औं मरिन एक्सपेडिसनरी युनिटका ३,५०० सैनिकहरू युद्धपोत ‘यूएसएस त्रिपोली’ मार्फत यस क्षेत्रमा आइपुगेका छन्।
यी सैनिकहरू जापानबाट पठाइएका हुन् र उनीहरूसँग अत्याधुनिक एफ-३५ (F-35) फाइटर जेट र अन्य युद्धक सामग्रीहरू रहेका छन्।
राष्ट्रपति ट्रम्पले अहिलेसम्म यी सबै योजनाहरूलाई अन्तिम स्वीकृति दिएका छैन। तर, ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले राष्ट्रपतिले झुटो धम्की नदिरहेकाे भन्दै इरानलाइ बेलैमा सचेत हुन चेतावनी दिएकी छन् ।
उहाँले भनिन, “यदि इरानले आफू सैन्य रूपमा पराजित भइसकेको यथार्थलाई स्वीकार गर्दैन र होर्मुज जलमार्गमा अवरोध जारी राख्छ भने, राष्ट्रपति ट्रम्प उनीहरूमाथि ‘नर्कको ज्वाला ओराल्न’ तयार हुनुहुन्छ।” ट्रम्प प्रशासनले इरानलाई १५-बुँदे शान्ति सम्झौता स्वीकार गर्न दबाब दिइरहेको छ।
इरानको भूमिमा सैनिक पठाउनु ठूलो जोखिम : विज्ञ
सैन्य विज्ञहरूका अनुसार इरानको भूमिमा सैनिक पठाउनु अमेरिकी सेनाका लागि ठूलो जोखिम हुन सक्छ। इरानसँग भएका हजारौं ड्रोन, मिसाइल र जमिनमा राखिएका विस्फोटक पदार्थहरूले अमेरिकी सैनिकहरूलाई ठूलो क्षति पुर्याउन सक्ने चेतावनी सैन्य विज्ञहरूले दिएका छन् ।
गत फेब्रुअरी २८ मा युद्ध सुरु भएदेखि अहिलेसम्म १३ अमेरिकी सैनिक मारिइसकेका छन् भने ३०० भन्दा बढी घाइते भएका छन्।
विज्ञ माइकल आइजेनस्टाट भन्छन्, “इरानको यति सानो क्षेत्रमा थोरै सैनिक पठाउनु भनेको उनीहरूलाई इरानी ड्रोन र मिसाइलको निशाना बनाउनु जस्तै हो। त्यसैले सैनिकहरूको सुरक्षा र उनीहरूको ‘मोबिलिटी’ सबैभन्दा ठूलो चुनौती हुनेछ।”
















बेटिङ एप र वेबसाइट २४ घण्टाभित्र बन्द गर्न प्राधिकरणलाई मन्त्रालयको निर्देशन
उत्तर कोरिया : अमेरिकासम्म पुग्ने मिसाइल तयारी तीव्र
पूर्वगृहमन्त्री लेखक पक्राउविरुद्ध बन्दीप्रत्यक्षीकरणको रिट दायर
एमाले अध्यक्ष ओली चिकित्सकको निगरानीमा
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
नेप्सेद्वारा मार्जिन कारोबार कार्यप्रक्रिया लागू
को हुन् श्रममन्त्री बनेका दीपककुमार साह ?
राखेपको निलम्बनमा परेपछि एन्फाको निर्वाचन स्थगित
प्रतिक्रिया