राप्रपा कार्यव्यवस्था समितिको बैठकबाट तीन प्रस्ताव पारित

काठमाडौँ । राप्रपा केन्द्रिय सचिवालय कार्यव्यवस्था समितिको बैठकले प्रस्ताव पारित गरेको छ । आज बसेको कार्यव्यवस्था समितिको बैठकले तिनवटा प्रस्ताव पारित गरेको छ ।
राप्रपाले राज्यको सम्पूर्ण शक्ति र श्रोत परिचालन गरी कोरोना महामारी नियन्त्रण गर्न, नागरिकलाई कोरोना विरुद्धको खोप लगाउने अभियान तत्काल प्रारम्भ गर्न तथा चुनाव हुने वैधानिक र व्यवहारिक परिस्थिति निर्माण भएमा सर्वदलीय सहमतिको आधारमा चुनाव निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न हुने सुनिश्चित गर्न सरकारसंग माग गरेको छ । यस्तै बैठकबाट राप्रपाले सत्तारुढ दलको आन्तरिक विवाद, प्रमुख विपक्षी दलको अकर्मण्यता तथा बारम्वार भैरहेको संविधानको अवहेलनाले दोस्रो पटक प्रतिनिधि सभा विघटन भएको निष्कर्ष निकालेको छ ।
अहिले देशमा देखिएको परिस्थिति बाह्र बुँदे सहमति, हिन्दुराष्ट्र र राजसंस्थालाई षडयन्त्रपूर्वक हटाउने कार्य तथा नेताहरुको सत्तालिप्सा रहेको राप्रपाले जनाएको छ । राप्रपाले चुनावको पक्षमा रहेने बताएको छ । कोरोना महामारी नियन्त्रण नगरी स्वतन्त्र र निषपक्ष चुनाव हुन नसक्ने राप्रपाको निष्कर्ष रहेको छ ।










पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट भुटानको पारोमा उडान सुरु
कोप–३० मा नेपालको सहभागिता प्रभावकारी भइरहेको छ : मन्त्री डा परियार
एसिसी यु–१९ प्रिमियर कप खेल्ने नेपाली यु–१९ राष्ट्रिय क्रिकेट टोलीको बिदाइ
घुस रकमसहित दुई कर्मचारी पक्राउ
मृत्युदण्डको सजायपछि शेख हसिनाले के भनिन् ?
प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता माघ ६ गते
आज २०८२ साल मंसिर १ गते सोमबारको राशिफल
एकैदिन तोलामा ६ हजार ९०० ले घट्यो सुनको मूल्य
बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय
प्रतिक्रिया